संगालोखबर सम्बाददाता

काठमाडौं । सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको छ । बढेर सुनको भाउ ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ ।

यो हप्ता मात्रै तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ । यस्तै चाँदीको भाउमा तोलामा ५ रुपैयाँ बढेर आज १ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!