- संगालोखबर सम्बाददाता

काठमाडौं । सुनको भाउ निरन्तर बृद्धि भएर प्रतितोला एक लाख नजिक पुगेको छ । आईतबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ९९ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

Advertisement

यसअघि शुक्रबार ९९ हजार ३ सय रुपैयाँमा सुनको कारोवार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेको बेला सुनको भाउ भने दिन प्रतिदिन बृद्धि भईरहेको छ । त्यस्तै चाँदीको भाउ १२ सय ३० पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!