- संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंकले ‘फोनलोन’ नामक नयाँ कर्जा सुविधा सुरु गरेको छ । सेवालाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ ।

Advertisement

कुमारी बैंकमा तलब खाता भएका ग्राहकहरुले ३० दिनसम्मका लागि १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्छन् । कर्जाका लागि कुनै पनि धितोको आवश्यकता नपर्ने र निवेदन तथा कागजात पनि नचाहिने बैंकले जनाएको छ ।

आवश्यक खर्च व्यवस्थापन गर्न फोनलोन सुविधा ग्राहकका लागि उपयोगी हुने बैंकको विश्वास छ । आगामी दिनमा आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लग्ने बैंकको योजना छ ।

कुमारी बैंकले देशव्यापी १ सय ८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैकिङ्ग इकाई तथा १३ एक्टेन्सन काउन्टरमार्फत बैकिङ्ग सेवा दिदै आएको छ । आगामी दिनमा अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्ने योजना गरेको कुमारी बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!