- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बजेट प्रस्तुत गरेकी हुन् ।

Advertisement

पूँजीगत तर्फ ११ करोड ३२ लाख र चालु खर्चतर्फ ११ करोड ४३ लाख बजेट बिनियोजन गरिएको छ । सशर्त अनुदानतर्फ २१ करोड ३८ लाख बजेट छ्याईएको छ । विनियोजित रकम मध्ये सशर्त अनुदान बाहेक २२ करोड ७५ लाख बजेट अनुमान गरिएको हो ।

कोरोना भाइरस नियन्त्रणका लागि कोरोना व्यवस्थापन कोष स्थापना गरी बजेट विनियोजन गरिएको छ । शिक्षामा १ करोड ४२ लाख, स्वास्थ्यमा ६६ लाख, कृषितर्फ ९४ लाख, पशुतर्फ ८३ लाख र खेलकुद तथा सांस्कृतिक विकासतर्फ ३३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकासतर्फ १ करोड ३० लाख, कोरोना व्यवस्थापन कोषमा ४० लाख, विपत व्यवस्थापनमा १० लाख र कन्टिन्जेन्सीतर्फ ५ लाख गरी ५ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ ।

वडागततर्फ छनौट गरिएका योजना अनुसार पूँजीगत र लक्षित गरी वडा नं. १ लाई ३२ लाख, वडा नं. २ लाई ३४ लाख, वडा नं. ३ लाई ३३ लाख, वडा नं. ४ लाई ३२ लाख, वडा नं. ५ लाई ३५ लाख, वडा नं. ६ लाई ३२ लाख, वडा नं.७ लाई ३२ लाख र वडा नं. ८ लाई ३३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!