- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । १ नं. प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

Advertisement

बजेटमा पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४५ हजार र चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार बिनियोजन गरिएको छ । बजेटमा पुँजीगततर्फ ५३.७१ प्रतिशत र चालुतर्फ ४६.२९ प्रतिशत बजेट छुट्याईएको हो ।

त्यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख र वित्तिय व्यवस्थापनतर्फ ४ करोड बजेट छुट्याईएको मन्त्री आङ्बोले जानकारी दिए ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख बराबरको बजेट सार्वजनिक गरेको थियो । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेटको आकार केही घटेको हो ।

हेर्नुहोस् बजेटको पूर्णपाठ…

[pdf-embedder url=”https://sangalokhabar.com/wp-content/uploads/2020/06/Province-1-Budget-2077-78.pdf” title=”Province-1 Budget 2077-78″]

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!