- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले उद्यमी, व्यवसायीहरुलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने भएको छ । लकडाउनले पारेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले उद्योग, व्यापार, व्यवसाय र यातायात क्षेत्रसम्बद्ध उद्यमी, व्यावसायीलाई सहुलियत दिने निर्णय गरेको हो ।

Advertisement

व्यवसाय कर, बहाल कर, भाडा, ठेक्का शुल्क, सरसफाई शुल्क र सवारी पार्किङ ठेक्का शुल्कमा छुट दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जनाएका छन् । नगर भित्र संचालन भएका सबैखाले व्यापार व्यवसायले आर्थिक बर्ष २०७६/७७ मा बुझाउँनुपर्ने व्यवसाय कर र आर्थिक बर्ष २०७६/७७ को नीजि व्यवसायीक बहाल करमा २५/२५ प्रतिशत कर छुट दिईने भएको छ । व्यवसाय कर र बहाल कर बुझाईसकेको भए आगामी आर्थिक बर्षको करमा मिलान गरिनेछ ।

त्यस्तै नगरपालिकाको व्यापारिक भवन, पसल कवल, सर्टर, बहुउद्देश्य भवन, सौचालयलाई लकडाउन अवधिको भाडा छुट दिईने भएको छ । यो छुट बैंक तथा बित्तिय सस्थाले पाउँने छैनन् । यता, नगरपालिका कार्यालय परिषरमा संचालित चमेनागृहले पनि दुई महिनाको भाडा छुट पाएको छ ।

त्यस्तैगरी धनकुटा र हिलेको साप्ताहिक बिहिबारे हाटबजार सेवा शुल्क संकलन ठेक्काको कुल अंकलाई आधार मानी २५ प्रतिशत छुट दिईनेछ । शुल्क बुझाईसकेको भए छुट वापतको रकम फिर्ता गरिने भएको छ । व्यवसायमा लाग्ने चालु आर्थिक बर्षको सरसफाई शुल्कमा २० प्रतिशत छुट दिईएको छ । तर, लकडाउनको अवधिमा पनि नियमित सेवा प्रवाह भएकाले घरमा लाग्ने सरसफाई शुल्क भने छुट गरिएको छैन ।

सवारी पार्किङ शुल्क संकलन ठेक्कामा १५ प्रतिशत छुट दिईएको छ भने फोङसुवा खोलाको ढुंगा, गिटी, बालुवा संकलन ठेक्कामा १ महिना अवधिको ठेक्का रकम छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!