- संगालोखबर सम्वाददाता

बेलबारी । कोरोना भाइरसका कारण अहिले धेरै युवाहरु बेरोजगार बनेका छन् । बैदेशिक रोजगारीमा गएका धेरै युवाहरु घर फर्किएका छन् । कतिपय युवाहरु पुनः बैदेशिक रोजगारीमा जाने तयारीमा छन् भने कतिपय युवाहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । यस्ता युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँने उद्धेश्यले मोरङको बेलबारी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Advertisement

सो कार्यक्रम अन्र्तगत नगरपालिका नै जमानी बसेर युवाहरुलाई बिना धितो ५ लाख रुपैयाँका दरले २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराईने मेयर ज्ञानेन्द्र सुवदीले बताए । ‘बैंक तथा बित्तिय संस्थालाई तिनुपर्ने थप ब्याज नगरपालिकाले नै बेहोरेर युवा तथा युवा समूहलाई बिना धितो ऋण उपलब्ध गराउँने तयारी गरेका छौं ।’ मेयर सुवेदीले भने–‘यसका लागि कार्यविधि बनाएर कार्यपालिका बैठकबाट पास गरिसकेका छौं । अब कार्यान्वयन थाल्छौ ।’

कृषि, पशुपालन, माछा पालन, ब्यापार ब्यावसाय गर्नेहरुका लागि लक्षित गरी नगरपालिकाले ऋण उपलब्ध गराउँने योजना बनाएको छ । जसमा सामुहिक खेति तथा ब्यापार ब्यावसाय गर्नेहरुलाई पहिलो प्राथमिकता दिईनेछ । यसका लागि युवा स्वारोजगार कोषको नाममा १ करोड रुपैयाँको छुटै कोष स्थापना गर्ने नगरपालिकाको योजना छ ।

यस्तैगरी नगरपालिकाले आधारभुत तथा गरिव परिवार खाद्य सुरक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ । आफुले उत्पादन गरेको अन्नवालीले तीन महिना भन्दा कम खान पुग्ने वा दैनिक ज्याला मजदुरीबाट गुजारा चलाउने परिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गरिबीको रेखामुनि रहेका परिवारको आर्थिक अवस्था उकास्न उनीहरुको चाहना अनुसारका आयआर्जनमुखी कार्यक्रम गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताए । उनका अनुसार अहिले लक्षित बर्गका परिवारको तथ्यांक संकलन भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!