- संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंकले थप तीन शाखा विस्तार गरेको छ । ईलामको फिक्कल, सप्तरीको राजबिराज र बझाङ्गको थलारामा बैंकले शाखा बिस्तार गरेको हो ।

Advertisement

तीन शाखा थपिएसँगै अब कुमारी बैंकका देशभर १ सय ८९ शाखा भएका छन् । नयाँ शाखामार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई व्यवसाय वृद्धिमा वित्तीय सहयोग गर्ने बैंकको योजना छ ।

१२२ अर्ब निक्षेप र ११५ अर्ब कर्जा लगानी रहेको कुमारी बैंकले २० वर्ष अघिदेखि देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिंग इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!