संगालोखबर सम्वाददाता

काठमाडौं ।  पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला आज छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको छ ।

Advertisement

मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने अनुमान गरिएको छ । आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!