झापाका बगरमा लहराउँदै तरकारी

झापाका बगरमा लहराउँदै तरकारी

भद्रपुर, २३ फागुन । झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको पकेट क्षेत्र नै घोषणा गरेर शुर...
लगातार मूल्य बढेपछि निगमलाई सकस

लगातार मूल्य बढेपछि निगमलाई सकस

काठमाडौँ, २३ फागुन । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन हुँदै आएकामा अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्यमा हेरफेर हुनेहुँदा त्यसका आधारमा वास्तविक नाफाघाटा गरी मूल्य समायोजन गर्न निगमलाई सकस परेको हो । यही फागुन ४ गते ‘इ...
बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

बाँके, २३ फागुन । चैत वैशाखको गर्मीसँगै वर्षात्को समय नजिकिँदै जाँदा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका फुला कुचवधियाको सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेको छ । वर्षौंदेखि हुरीबतास र वर्षात्जस्ता समस्या झेल्दै आएका लोपोन्मुख कुचवधिया समुदायमा यो साल पनि उसैगरी बित्ने हो कि भन्ने चिन्ता थपिएको छ । बाँकेको इन्द्रपुरमा रहेको कुचवधिया समुदायलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित बसोवा...
झापामा मकै खेतीमा अनुदान

झापामा मकै खेतीमा अनुदान

भद्रपुर, २३ फागुन । कृषि ज्ञान केन्द्र भद्रपुरले आर्थिक वर्ष २०७५/७६ मा हाइब्रिड मकैखेती विस्तारका लागि १५ संस्थालाई रु ४५ लाख अनुदान रकम प्रदान गरेको छ । हाइब्रिड मकैखेती विस्तार आयोजना कार्यक्रमअन्तर्गत नगद प्रोत्साहनमा आधारित माग गर्ने कृषक समहू, कृषि सहकारी र उद्यमीको स्वीकृत क्षेत्रफलमा आधारित रहेर सो अनुदान वितरण गरिएको हो । अनुदान रकम लिन सफल हुनेमा सबैभन्दा बढी कचनकवल गाउँपालिका र दोस्र...
चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

बेझाड, २३ फागुन । पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल र डा पुरनमान बज्राचार्यका क्षेत्रमा सिफारिस गरिएको छ । तिन...
पूर्वाधार लगानी बैंक सञ्चालनमा

पूर्वाधार लगानी बैंक सञ्चालनमा

काठमाडौँ, २२ फागुन । भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ । चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री ड...
धनकुटामा दुई लाख किलो फलफूल भण्डारण क्षमताको आधुनिक वयरहाउस सञ्चालनमा आउँदै

धनकुटामा दुई लाख किलो फलफूल भण्डारण क्षमताको आधुनिक वयरहाउस सञ्चालनमा आउँदै

धनकुटा, २२ फागुन । धनकुटाको हिलेमा दुईलाख किलो फलफूल र कृषि उपज भण्डारण क्षमताको बहुउदेशिय वयरहाउस सञ्चालनमा आउने भएको छ । स्थानीय किसान र व्यवसायीहरुको पहलमा उत्तरपानी चिया कम्पनीको १५ रोपनी जग्गा ३० बर्षका लागि भाडामा लिएर पाँचवटा स्वचालित चेम्वर जडित आधुनिक वयरहाउस निर्माण गरिएको हो । वयरहाउसमा सुख्खा वातावरणमा राख्नु पर्ने अलैंचीदेखि एकै पटक दुइलाख किलोसम्म सुन्तला, गोलभेडा, आलु, अदुवा र अ...
उदयपुरमा अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

उदयपुरमा अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

गाईघाट, २२ फागुन । कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो रु ५०० भएपछि अलैँची उत्पादक कृषक निराश भएका हुन् । उदयपुरको मध्य पहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, ...
यस वर्ष १० टन  लप्सीका परिकार अमेरिका निर्यात

यस वर्ष १० टन लप्सीका परिकार अमेरिका निर्यात

पर्वत, २२ फागुन । लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरीद गरेर प्रशोधन गर्दै आएको छ । उद्योगबाट उ...
विदेशबाट फर्केर कुखुरापालन

विदेशबाट फर्केर कुखुरापालन

गलकोट, २२ फागुन । बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थाल्नुभएको छ । सोचेजस्तो पारिश्रमिक नपाएपछि उहाँहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् । नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्कनुभएका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गर्...
पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै

पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी ...
एक अर्बको लगानीमा विराटनगरमा खुल्यो सेन्ट्रल मल

एक अर्बको लगानीमा विराटनगरमा खुल्यो सेन्ट्रल मल

विराटनगर, २१ फागुन । झण्डै एक अर्बको लगानीमा विराटनगरमा सेन्ट्रल मल सञ्चालनमा आएको छ । स्ट्रिट लेन डिजाइनमा निर्माण भएको मल सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । मलको सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । विराटनगरको व्यवसायीक घराना विशाल ग्रुप, देवेनरा गु्रप र हाइलाइफ गु्रपले प्रदेश १ मा पहिलो पटक एउटा सडकबाट छिरेर अर्काे सडकमा निस्कन सकिने स्टि्रट मल सञ्चालनमा ल्याएका...
इलाममा विद्युत् प्रसारण लाइन विस्तारको माग

इलाममा विद्युत् प्रसारण लाइन विस्तारको माग

पशुपतिनगर, २१ फागुन । लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् । साना खोलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग...
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी, २१ फागुन । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव...
ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

काठमाडौँ, २० फागुन । सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ । उद्योगी र बिक्रेताको मिलेमतोमा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो । पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीव्र पा...
बोटबाटै २२ लाखको सुन्तला बिक्री

बोटबाटै २२ लाखको सुन्तला बिक्री

वालिङ, २० फागुन । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका झण्डै ९...
मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान

मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान

काठमाडौँ, २० फागुन । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ ।  काठमाडौँ महानगरपालिकाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले दश पसलले मात्र रकम पाउने भएका हुन् । सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि कम मात्र निवेदन परेको र परेका...
‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

चिप्लेढुङ्गा, १९ फागुन । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उहाँको सम्मानमा निर्माणाधीन विम...
उदयपुरमा आधा दर्जन भ्यूटावर निर्माण गरिँदै

उदयपुरमा आधा दर्जन भ्यूटावर निर्माण गरिँदै

गाईघाट, १८ फागुन । स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ(भ्यूटावर) निर्माण कार्य शुरु गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका उच्च पहाडी स्थानबाट उत्तरतिरको मनोरम हिमाली शृङ्खला र दक्षिणतिरको समथर तराईका मैदान देख्न सकिने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएपछि अहिले अधिकांश...
लगानी बोर्डलाई थप अधिकार : रु छ अर्ब माथिका आयोजना हेर्ने

लगानी बोर्डलाई थप अधिकार : रु छ अर्ब माथिका आयोजना हेर्ने

काठमाडौँ, १६ फागुन ।  सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गर...
शेयर बजार : सात अङ्कले घट्यो

शेयर बजार : सात अङ्कले घट्यो

काठमाडौँ, १४ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ लाख २८ कित्ता शेयर कारोवार भए । तर कारोव...
धान खरीदमा लक्ष्य प्राप्ति

धान खरीदमा लक्ष्य प्राप्ति

वीरगञ्ज, १४ फागुन । धान खरीद सम्बन्धमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाद्य संस्थान वीरगञ्जले भने लक्ष्य प्राप्त गर्न सफल भएको छ । संस्थान वीरगञ्जले चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६ करोड चार लाख ७९ हजार १०० मूल्य बराबरको २४ हजार ५८४ क्विन्टल धान खरीद गरी लक्ष्य प्राप्त गरेको हो । सङ्घीय सरकारले यसवर्ष २५ हजार क्विन्टल मध्यम खालको सोना मन्सुली धान खरीद गर्न लक्ष्य दिएकोमा सो शाखा...
नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी

नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी

वीरगञ्ज, १३ फागुन । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३९ दशमलव २ किलोमिटर भू–भाग मध्ये ३०.२ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । पर्सा राष्ट्रिय निकुञ्जको पथलैयादेखि अमलेखगञ्जस...
कृषक यान्त्रिकीकरणतर्फ

कृषक यान्त्रिकीकरणतर्फ

तम्घास, १३ फागुन । गुल्मीमा मकै ‘जोन’ कार्यक्रम लागू भएसँगै यहाँका कृषक यान्त्रिकीकरणतर्फ आकर्षित हुँदै गएका छन् । सो कार्यक्रम अन्र्तगत मकैबालीमा यान्त्रिककरण प्रवद्र्धनका लागि हालसम्म ४७ वटा कृषक समूह र सहकारी संस्थामा ५० प्रतिशत अनुदानमा १९५थान यान्त्रिक सामग्री वितरण गरिएको हो । परियोजनाद्वारा कृषकलाई उपलब्ध गराइएका सामग्रीमा पावर ट्रिलर दुई थान, मिनी ट्रिलर ६२ थान, कर्न सेलर ३७, ज्यावप्लाण...
खेतबाटै आलु बिक्री गर्दै महिला

खेतबाटै आलु बिक्री गर्दै महिला

बेझाड, १३ फागुन । रामपुर नगरपालिका–६ का महिलालाई यतिबेला खेतबाटै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु खन्ने र खेतबाटै बिक्री गर्ने काममा दिनभर यहाँका महिला व्यस्त छन् । नदी किनार आयआर्जन महिला कृषक समूहले यसवर्ष सात रोपनी क्षेत्रफलमा तीन क्वीन्टल आलु लगाएको छ । अहिले आलु खन्ने र बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको समूहका अध्यक्ष भगवती देवकोटाले बताउनु...
विकास निर्माणमा ठेकेदारको बेवास्ता

विकास निर्माणमा ठेकेदारको बेवास्ता

भीमदत्तनगर, १३ फागुन । सम्झौता गर्दा २०७३ असोजमै सक्नुपर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित धारापानी सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको भए पनि पानीको मुहान (इन्टेक)तर्फको निर्माणको जिम्मा पाएको ‘आशिष कन्ट्रक्सन धनगढी’ले दुई पटक समयावधि थप गर्दा पनि काममा ढिलासुस्ती गरेको पाइएको छ । पछिल्लो समय निर्माण पक्ष सम्र्पकमा नआए पनि सिँचाइको पाइप ...
मौरी घारमै मर्न थाले

मौरी घारमै मर्न थाले

हुम्ला, १२ फागुन । हिमाली जिल्लामा हिउँदको दुई महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् । स्थानीय जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् । दुई महीनायता जिल्लाका उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकले पालेका मौरी घारभित्रै मरिरहेको मौरीपालक कृषक जय शाहीले बताउनुभयो । ...
शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ फागुन । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ ल...
भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

वीरगञ्ज, १२ फागुन । सरुहठ्ठा–९ रौतहटका किसान मो. उस्मानले उत्पादन गर्नुभएको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उहाँ आर्थिक मारमा पर्नुभएको छ । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उहाँको व्यापरमा प्रत्यक्ष असर परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा...
विकासमा लापरवाही : सवस्टेशनको निर्माण सक्न एघार वर्ष

विकासमा लापरवाही : सवस्टेशनको निर्माण सक्न एघार वर्ष

काठमाडौँ, १२ फागुन । सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । विसं २०६४ असार २५ गते निर्माण शुरु ...
गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

काठमाडौँ, ११ फागुन । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिक...
error: Content is protected !!