- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाललाई बेलायत सरकारले डेढ अर्ब आर्थिक सहयोग गरेको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बेलायतले १ करोड पाउण्ड स्ट्रलिङ अर्थात नेपाली रुपैयाँ एक अर्ब ५३ करोड २८ लाख सहयोग उपलब्ध गराएको हो ।

बेलायत सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त रकम सहयोग गरेको हो । डिफिडले कोरोना संक्रमण रोकथाम र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेको थियो । त्यसलाई बढाएर एक करोड पाउण्ड सहयोग पु¥याएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

आफै पनि कोरोनाको महामारी सामना गरिरहेको बेलायतले नेपालसहितका विकासोन्मुख राष्ट्रहरूको सहयोगमा एक सय मिलियन पाउन्ड प्रदान गर्ने घोषणा गरेको थियो । सोही अनरुप नेपाललाई सहयोग प्राप्त भएको हो ।

बेलायत सरकारले डिफिडको माध्यमबाट हरेक वर्ष नेपाललाई ९२ मिलियन पाउन्ड अर्थात करिव १४ अर्व रुपैयाँ सहयोग गर्दै प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!