- संगालोखबर सम्बाददाता

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा एक/एक रुपैयाँका दरले मूल्य घटाएको हो । यो मूल्य बुधबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

Advertisement

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ ।

यता, पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!