- संगालोखबर सम्वाददाता

धनकुटा । कर सम्बन्धि जानकारी दिने उद्धेश्यले धनकुटाको सिधुवा बजारमा कर शिक्षा सचेतना घुम्ती शिविर सञ्चालन गरिएको छ । करदाता सेवा कार्यालय धनकुटासँग समन्वय गरी धनकुटा उद्योग बाणिज्य संघले शिविर सञ्चालन गरेको हो ।

Advertisement

शिविरमा सो क्षेत्रका उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई कर सम्वन्धि जानकारी गराईएको थियो । शिविर सुरु गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले करको दायरमा सवै आउनुपर्ने बताए । कार्यक्रममा करदाता सेवा कार्यालयका डाटा इन्ट्री सुपरभाईजर अनुजा पराजुलीले सहभागिहरुलाई सहजिकरण गर्दै राज्यले अहिले करमा व्यापारी, व्यवासायी र उद्योगीलाई सहुलियत दिएकाले सयममा नै कर बुझाउन आग्रह गरिन् ।

कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझी, कार्यकारी सदस्यहरु रेजिना पलिखे, नविन श्रेष्ठ, महेन्द्र थापा, सिधुवा बजार उद्योग बाणिज्य संघका अध्यक्ष शिव श्रेष्ठ, कार्यालय सचिव सचिन प्रधान, कर्मचारी मुकेश राई लगायतले करदाताहरुलाई प्यान, भ्याट, अन्तशुल्क लगायत करका वारेमा जानकारी गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!