- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायीक खेती सुरु गरिएको छ । मुगा पाख्रिबास कृषि सहकारी सस्थाले शनिवार एक कार्यक्रमकावीच व्यावसायीक खेति उद्घाटन गरेको हो ।

Advertisement

संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका हुन् । सो क्रममा पाख्रिबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राई, सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायत कार्यक्रममा सहभागिहरुले पनि बिरुवा रोपेका थिए ।

कार्यक्रममा सांसद राईले पाख्रिबास नगरपालिकालाई कृषि क्षेत्रमा अघि बढाउँन पहल गर्ने धारणा राखे । नगरप्रमुख बिर्खबहादुर राईले पाख्रिबास नगरपालिकाका अधिकांस क्षेत्र कफी खेतीका लागि उपयुक्त रहेकाले कफी पकेट क्षेत्र घोषणा गर्ने तयारी भईरहेको बताए ।

मुगा पाख्रीवास कृषि सहकारी संस्थाले मुगाको ५ सय रोपनी क्षेत्रमा एभोकाडोका ३ हजार र कफीका ६ हजार बिरुवा रोप्ने तयारी गरेको संस्थाका अध्यक्ष रेवतबहादुर थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!