- संगालोखबर सम्वाददाता

धनकुटा । लक्ष्मी लघुवित्त वित्तीय संस्था सिंधुवाले कोरोना नियन्त्रणका लागि छथर जोरपाटी गाउँपालिकाको कोराना संक्रमण नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ ।

Advertisement

छथर जोरपाटी–६ स्थित सिंधुवा बजारमा रहेको लघुवित्तको शाखाले कोराना संक्रमण नियन्त्रण कोष व्यवस्थापन समितिलाई १० हजार सहयोग प्रदान गरेको हो । लघुवित्तका शाखा प्रमुख रुपनारायण लामिछानेले छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष सेरबहादुर लिम्बुलाई चेक हस्तान्तरण गरेका हुन् ।

चेक प्रदान गर्दै शाखा प्रमुख लामिछानेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थोरै भएपनि सहयोग गरेर कोरानाबिरुद्धको अभियानमा ऐक्यवद्धता जनाएको बताए । यता, गाउँपालिका अध्यक्ष लिम्बुले सहयोग प्रदान गरेकोमा लघुवित्तलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!