संगालोखबर सम्वाददाता

धनकुटा । सनराइज बैंक धनकुटा शाखाले बचतकर्ता बिरामी पर्दा स्वास्थ्य बीमा बापत ८० हजार उपचार खर्च उपलब्ध गराएको छ । बैंकमा बचत खाता खोलेर कारोबार गर्दै आएकी धनकुटा–७ की दिलकुमारी भुजेल बिरामी पर्दा बैंकले निःशुल्क स्वास्थ्य बीमा बापत रकम उपलब्ध गराएको हो ।

Advertisement

बैंकका शाखा प्रमुख दिनेश अधिकारीले बिरामी दिलकुमारीका छोरा सरोज भुजेललाई उपचार रकम खातामा जम्मा गरेको विवरणसहितको कागज हस्तान्तरण गरेका छन् । सनराईज बैंकले बचत खाता खोल्नेहरुको निःशुल्क रुपमा स्वास्थ्य तथा दुर्घटना बीमा गर्दै आएको छ ।

बचतकर्ता बिरामी परेर अस्पताल भर्ना भई उपचार गराउँनु परेमा बीमा बापत बैंकले बचतकर्ताको बार्षिक औषत मौज्दातको २५ प्रतिशत रकम उपलब्ध गराउँने गरेको छ । सोही अनुरुप बचतकर्ता भुजेलले पनि उपचार खर्च पाएकी हुन् । उनले केही महिना अघि अस्पताल भर्ना भएर घाँटीको उपचार गराएकी थिईन् ।

खाता खोलेर कारोबार गरेकै भरमा बिरामी परेका बेला उपचार खर्च पाउँदा धेरै राहत मिलेको भन्दै बिरामी दिलकुमारीका छोरा सरोजले खुशी व्यक्त गरे । ‘खाता खोलेर कारोवार गरेकै भरमा यसरी पैसा आउँछ भन्ने सोचेकै थिईन् ।’ खुशी हुँदै भुजेलले भने–‘आमा बिरामी परेको संकटका बेला उपचार खर्च पाउँदा धेरै राहत मिल्यो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!