- संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।

Advertisement

यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ। निगमले इस्वी सम्वत् महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ । ईण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ। डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!