प्रदेश १ को बजेट अधिवेशन बैठक फेरी स्थगित
विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठक पनि अवरुद्ध गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले संसदमा दिएको अमर्यादित भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले आज बसेको बैठक पनि अवरुद्ध गरेको हो ।
माओवादी केन्द्रको अवरोधका कारण सोमबार बसेको बैठक पनि कुनै छलफल नभइ स्थगित भएको थियो । आज बसेको बैठकमा पनि माओवादी केन्द्रका सांसदहरुले उठ...






























