- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली काँग्रेस सरकारमा जाने विषयमा प्रश्न गर्दा काँग्रेस सभापति शेरबहादुर देउवा पत्रकारहरुसँग रिसाएर हिडेका छन् । विराटनगर विमानस्थलमा आज स्थानीय पत्रकारहरुसँग कुराकानी गर्नेे क्रममा सभापति देउवा झोक्किँदै रिसाएर हिडेका हुन् ।

Advertisement

पत्रकारहरुले काँग्रेस सरकारमा कहिले जान्छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले काँग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा नजाने बताए । लगतै अर्का एक पत्रकारले, अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था छ ?, भन्दै प्रश्न गरेपछि देउवा रिसाए । उनले आफु बसेको ठाउँबाट झोक्किँदै उठेर ‘हत्तेरिका, विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी विपक्षी पार्टी, जानुहोस् ।’ भन्दै रिस पोख्दै फन्किएर सरासर हिडे ।

त्यसअघि पत्रकारहरुले सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव कहिले जान्छ ? भनेर पनि प्रश्न गरेका थिए । जवाफमा सभापति देउवाले काँग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने जानकारी दिए । उनले काँग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्ने स्पष्ट पारे ।

काँग्रेस नेता अशोक कोइरालाको निधनप्रति परिवारमा समवेदना व्यक्त गर्न देउवा विराटनगर आएका हुन् । त्यसपछि ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले धरानमा गर्ने प्रदेशस्तरीय भेलालाई देउवाले संवोधन गर्ने कार्यक्रम छ ।

भिडियो हेर्नुहोस…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!