कांग्रेस भित्रको अस्वस्थ प्रतिष्पर्धा हटाउँनुपर्छ : मन्त्री रिजाल
धनकुटा । रक्षा मन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिष्पर्धा हटाउँनुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई संक्षिप्त रुपमा संवोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।
उनले पार्टीको आसन्न महाधिवेशनमा सकभर सहमति गर्नुपर्नेमा जोड दिदैं सहमति हुँन नसकेपनि स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने बताए ...































