
धनकुटा । धनकुटा नगरपालिका-१ हिलेस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आज बिहान सुतिरहेकै अवस्थामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका-१ घर भएका ६० वर्षीय निर्मल दर्नाल छन् । बोल्न नसक्ने अवस्थाका उनलाई गत असार ११ गते उक्त आश्रममा ल्याएर राखिएको थियो ।
प्रहरीका अनुसार विगत केही दिनदेखि स्वास्थ्य अवस्था कमजोर रहेका दर्नाल आज बिहान करिब ६ बजे सुतिरहेको ठाउँमै मृत फेला परेका हुन् ।
प्रहरीले आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














