
धनकुटा । रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत धनकुटाकी रोबी राई पनि बाढीपछि सम्पर्कविहीन भएकी छन् । बुधबार बिहान भोटेकोशीमा आएको भीषण बाढीपछि राई पनि सम्पर्कविहीन भएकी हुन् ।
धनकुटा नगरपालिका वडा नं.७ डाँडागाउँ घर भएकी ३२ वर्षीय रोबी अपर त्रिशूली १ मा काम गर्दै आएकी थिइन् । उनी धनकुटा नगरपालिका वडा नं.७ का पूर्व वडाध्यक्ष जङ्गबहादुरकी छोरी हुन् ।
बाढीपछि रोबी सम्पर्कविहीन नभएकाले खोजी गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।

संगालोखबर 














