सरकारले देश र जनताको पक्षमा सकारात्मक काम गर्न सकेन : नारायणकाजी श्रेष्ठ
विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारले एक सय दिनमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन् ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै नपर्ने उल्लेख गरे ।
‘दुईवटा प्रमुख दल मिल...






























