धनकुटामा एमालेका दुई नेतालाई पार्टीले गर्यो कारबाही
धनकुटा । नेकपा एमाले धनकुटाले समानान्तर जिल्ला कमिटी निर्माण गर्ने माधव कुमार नेपाल–झलनाथ खनाल पक्षका दुई जना नेतालाई कारबाही गरेको छ । नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेता अर्जुन राई र खगेन्द्र सुवेदीलाई कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला केही दिन अघि नेकपा एमाले जिल्ला कमिटी धनकुटाको समानान्...






























