संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा उपस्थित ८३ जना सांसदमध्ये ६६ जनाले पक्षमा र १५ जनाले विपक्षमा मत दिएका छन् । दुई जना भने मतदानमा सहभागि भएनन् । 

Advertisement

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रदेशसभामा नेकपा एमालेका ४०, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!