संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । जारी प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

आफू नेतृत्वको सरकारले विभिन्न महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरे । उनले प्रदेशबासीको हितका लागि आफूले काम गर्ने बताए ।   

Advertisement

मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको छ ।  

९३ सदस्यीय कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४, एमालेका ४०, काङ्ग्रेस २९ र जसपाका १ सांसद छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!