संगालोखबर

धनकुटा । नेकपा एमाले धनकुटा नगर सङ्गठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ चयन भएका छन् । सामुदायिक भवनमा मङ्गलबार आयोजित कार्यक्रममा सङ्गठन कमिटी निर्माण गरिएको हो ।

Advertisement

कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उप-सचिवमा मानबहादुर राई र दुर्गा बस्नेत ढकाल चयन भएका छन् । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सङ्गठन कमिटी घोषणा गरे । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

नव गठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राई, केन्द्रिय सदस्य बिनादेवी राई, प्रदेश सचिवालय सदस्य उज्वल किराँती, जिल्ला अध्यक्ष आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ लगायतले अबिर र खादा लगाएर बधाई ज्ञापन गरेका छन् ।

नगर कमिटीको अधिवेशन गर्ने मिति नाघेकाले तत्कालका लागि सङ्गठन कमिटी निर्माण गरिएको हो । अहिले जिल्लाका सात वटै पालिकामा सङ्गठन कमिटी बनाइएको छ । अब, आगामी मंसिरभित्र जिल्लाका सबै पालिकाको अधिवेशन गरेर पालिका कमिटी निर्माण गरिने छ ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राईले आगामी निर्वाचनमा धनकुटालाई एमालेमय बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । जनताको घरघरमा गई उनीहरूको समस्या बुझेर काम गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा विजयदशमी, दिपावली, नेपाल सम्वत्, छठ लगायत आउँन लागेका चाडपर्वहरूको शुभकामना आदानप्रदान गर्नुका साथै सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!