संगालोखबर


विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले ‘मुख्यमन्त्रीसँग जनता’ कार्यक्रमको नाम परिवर्तन गरेको छ । सोही कार्यक्रमलाई यसवर्षबाट ‘जनतासँग कोशी प्रदेश सरकार’ नामबाट सञ्चालन गर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेको छ । कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट कार्यक्रम प्रसारण गर्ने गरी कार्यविधि बनाइएको जनाइएको छ ।

Advertisement

२०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरूबाट जनतासँग मुख्यमन्त्री कार्यक्रम प्रसारण बन्द गरिएको थियो । नेपाल टेलिभिजनबाट मात्रै प्रशारण हुँदै आएको कार्यक्रम पुनः स्थानीय रेडियो र टेलिभिजनबाट पनि प्रसारण हुनेछ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समित गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ ।

त्यस्तै खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालय अन्र्तगत एसियाली विकास बैंकको ऋण सहयोगमा र साउदी फन्ड फर डेभलपमेन्टको सहलगानीबाट कोशी प्रदेशमा सिचाइँ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यो परियोजना अन्र्तगत कोशी प्रदेशमा करिब २७ वटा सिचाइँ आयोजनाहरू सञ्चालन हुने छन् । त्यस्तै खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालय अन्र्तगतकै जलवायू अनुकुलित वृहत खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!