संगालोखबर


विराटनगर । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् । एमाले विराटनगर महानगर सङ्गठन कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

उनले एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउने धारण व्यक्त गरे । नेता कार्यकर्ताले आफ्नो सकारात्मक उर्जा पार्टीलाई सफल बनाउन खर्च गर्नुपर्ने राईले बताए । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विराटनगरमा पार्टीलाई थप बलियो बनाउन लाग्नुपर्ने बताए ।

Advertisement

यसका लागि महानगर कमिटीले विशेष भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले महानगर कमिटीले राजनीतिक मात्र नभएर सकारात्मक सामाजिक मुद्दा पनि उठाउनुपर्ने बताए ।

विराटनगर महानगरपालिका इन्चार्ज पर्शुराम बस्नेतले महानगर कमिटीले छोटो समयमा नै महत्वपूर्ण काम गरेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!