संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-७ ठूलोढुङ्गामा छोराले चिरपट प्रहार गरेर बाबुको हत्या गरेका छन् । आज बिहान करिब ५ः४५ बजे ३२ वर्षीय छोरा युवराज लिम्बुले चिरपट प्रहार गरेर ७० वर्षीय बाबु अमरध्वज लिम्बुको हत्या गरेका हुन् । 

टाउकोमा गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजितकारले जानकारी दिए । 

‘युवराजले डिप्रेसनको दबाइ खाँदै गरेको खुलेको छ’, एसपी रंजितकारले भने, ‘केहिदिनदेखि दबाइ खान छाडेको रहेछ । आज बिहान एक्कासि कटुसको दाउराले टाउकोमा प्रहार गर्दा बाबुको घटनास्थलमै मृत्यु भएको हो ।’

उनले आमालाई समेत आक्रमण गर्न खोजेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी रंजितकारले जानकारी दिए । घटनापश्चात युवराज फरार भएका थिए ।

उनलाई घरबाट दक्षिणतर्फको जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!