संगालोखबर


विराटनगर । नेकपा एमाले विराटनगर महानगर सङ्गठन कमिटीका पदाधिकारीले सपथ लिएका छन् । आज विराटनगर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ लिएका हुन् ।

एमाले मोरङ जिल्ला सङ्गठन कमिटीको आयोजनामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले सपथ खुवाएका थिए ।

Advertisement

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर इन्चार्ज पर्शुराम बस्नेत लगायत नेताहरूले नवनिर्मित कमिटीलाई शुभकामना दिए ।

जिल्ला सङ्गठन कमिटीको तेस्रो पदाधिकारी बैठकले असोज ९ गते रोहित कोइरालाको नेतृत्वमा २०३ सदस्यीय महानगर कमिटी चयन गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!