संगालोखबर


विराटनगर । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले असोज २ गते बुधबार विश्वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।

Advertisement

सत्ता गठबन्धन परिवर्तन भएसँगै गत साउन ११ गते सरकारबाट बाहिरिएको माओवादीले गत भदौ १४ गते कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काङ्ग्रेस सहभागी भएको छ । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, काङ्ग्रेसका २९ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!