संगालोखबर


विराटनगर । सभामुख देवराज घिमिरेले प्रहरी सङ्गठन सञ्चालन सम्बन्धी ऐन, कानुन बनाउन नसकिएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा घिमिरेले निजामती सेवा विधेयकमा ऐन बनाउन र प्रहरी सङ्गठन सञ्चालन सम्बन्धी ऐन, कानुन बनाउन नसकिएको बताएका हुन् ।

Advertisement

उनले सङ्घीयता कार्यान्वयन गर्न कानुनको अभाव रहेको समेत बताए । उनले कानुनलाई प्राथमिकता दिन खोजिए पनि संसद्को पछिल्लो अधिवेशनमा कानुन बनाउन नसकिएको उल्लेख गरे ।

उनले संविधान संशोधनका लागि राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको समेत बताए । उनले भने, ‘संविधान संशोधन व्यक्ति, सङ्गठन र संस्था विशेषको कुरा होइन । सरसल्लाह, बहस र छलफल आवश्यक छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!