मुलुकभर सवारी पासमा कडाई गर्न गृह मन्त्रालयको निर्देशन

मुलुकभर सवारी पासमा कडाई गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सवारी पासमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । अत्यावश्यक प्रयोजनका लागि वितरण गरिएका पासको दुरुपयोग बढेको भन्दै गृह मन्त्रालयले प्रशासन कार्यालयहरुलाई कडाई गर्न निर्देशन दिएको हो । सवारी पास वितरणमा कडाइ गर्न भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । जिल्ला बाहिर जाने पास वितरणका लागि सम्बन्धित जिल्ला प्रशासनको...
सिरहामा राहत वितरणका बिषयमा झडप, पाँच प्रहरीसहित नौ जना घाइते

सिरहामा राहत वितरणका बिषयमा झडप, पाँच प्रहरीसहित नौ जना घाइते

सिराहा । राहत वितरणका बिषयमा आज सिरहाको मिर्चैयामा प्रहरी र स्थानीवासीबीच झडप हुँदा नौ जना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ मा राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको बिषयमा उत्पन्न विवादका क्रममा झडप हुँदा पाँच प्रहरी र चार जना स्थानीयबासी घाइते भएका हुन् । सो स्थानमा तीन दिन यता राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण बिथोल्न...
धनकुटाको हिलेमा पानीको ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

धनकुटाको हिलेमा पानीको ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

धनकुटा । धनकुटाको हिलेमा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । आईतबार साँझ ५ बजे घरमै रहेको पानीको ट्याङ्कीमा डुब्दा धनकुटा नगरपालिका–१ हिले स्थित तितुङ टोलका राजिब तितुङकी १८ महिने छोरी सिर्जनाको मृत्यु भएको हो । खेल्ने क्रममा पानीको ट्याङ्की भित्र खसेर डुब्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जान...
पाख्रीवास नगरपालिकाको जीप दुर्घटना

पाख्रीवास नगरपालिकाको जीप दुर्घटना

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ कृषि फर्म नजिक जीप दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पाख्रीवास नगरपालिका कार्यालयको को.१ झ.६६४ नम्बरको जीप गएराती करिव साँढे ८ बजे हिले–पाख्रीवास सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीप चालक पाख्रीवास नगरपालिका–३ का ३३ बर्षीय मनोज कुमार राई र जीपमा सवार भोजपुरको गोगने घर भई पाख्रीवास–४ मा बस्दै आएका १४ बर्षीय सुदिप परियार घाईते भएका छन् । ...
राहतका लागि ५१ हजार प्रदान

राहतका लागि ५१ हजार प्रदान

धनकुटा । वितरक संघ हिलेले लकडाउन प्रभावितलाई राहत वितरणका लागि धनकुटा नगरपालिकालाई ५१ हजार रकम हस्तान्तरण गरेको छ । कोरोना भाईरस रोकथामका लागि गरिएको लकडाउनका कारण संकट बेहोर्दै आएका नगरबासीहरुलाई सहयोगार्थ रकम प्रदान गरिएको हो । वितरक संघ हिलेका अध्यक्ष कृष्णराज श्रेष्ठसहितको टोलीले संघको तर्फबाट धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलाई चेक हस्तान्तरण गर्यो । सो अवसरमा मेयर तामाङले निजी क्षे...
थप छ जनामा कोरोना संक्रमण, एकै दिन १६ थपिदा संक्रमितको संख्या ७५ पुग्यो

थप छ जनामा कोरोना संक्रमण, एकै दिन १६ थपिदा संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । नेपालगञ्जमा आईतवार थप छ जनामा कोरोना संक्रमण भेटिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षका क्रममा नेपालगञ्जका तीन पुरुष र तीन महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगञ्ज ८ का १६, २१ र ३४ बर्षीय पुरुष र ४०, ५५ र ६० बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । आईतबार दिउँसो नेपालगञ्जमा नौ जनामा कोरोना संक्रमण भेटिएको थियो । नेपालगञ्जमा ए...
संखुवासभामा जंगली च्याउ खाँदा ६ जना बिरामी

संखुवासभामा जंगली च्याउ खाँदा ६ जना बिरामी

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खादा ६ जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाँदा सभापोखरीका दुई परिवारका ६ जना बिरामी भएका हुन् । स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट च्याउ टिपेर ल्याएका थिए । शनिवार बेलुका च्याउको तरकारी बनाएर खाँदा सन्देशसहित उनकी श्रीमती २४ बर्षीया मनिला राई र छोरी ३ बर्षीया सुपी राई बिरामी भएका छन् । त्यस्तै छिमेकी २५ ब...
एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । आईतबार एकैदिन १० जनामा कोरोना भाईरसको संक्रममण पुष्टि भएको छ । नेपालगञ्जमा नौ जना र पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगञ्जका ५ जना पुरूष र ४ जना महिलामा संक्रमण देखिएको बताए । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् । यता आजै पर्साको वीरगञ्जमा ...
थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं ।  वीरगञ्जका एक युवामा आईतबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । पीसीआर परीक्षणका क्रममा उनमा कोरोनाको संक्रमण देखिएको हो । उनी स्वयंले पीसीआर परीक्षण गराईदिन आग्रह गरेपछि परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । Update News... एकै दिन ...
निको भई घर फर्किएका युवकमा पुनः कोरोना पोजिटिभ देखियो, अस्पताल भर्ना

निको भई घर फर्किएका युवकमा पुनः कोरोना पोजिटिभ देखियो, अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमण भई उपचार गराएर निको भएपछि अस्पतालबाट घर फर्किएका रौतहटका एक युवकमा पुनः कोरोना पोजिटिभ देखिएको छ । इशनाथ नगरपालिकाका ती युवकमा पुनः कोरोनाको संक्रमण भेटिएपछि उनलाई बीरगञ्ज स्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो । यसअघि कोरोना संक्रमण हुँदा नारायणी अस्पतालमा उनको १४ दिन उपचार गरिएको थियो । उपचार पश्चात निको भएपछि उनी अस्पतालबाट बैशाख ११ गते डिस्चार्ज भई घर फर...
फ्रिजबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

फ्रिजबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा । झापामा फ्रिजबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका–१ का ४२ बर्षीय पदमलाल गड्तौलाको मृत्यु भएको हो । शनिवार बेलुका साँढे ७ बजे घरमा फ्रिजको तार सर्ट भई करेन्ट लाग्दा गड्तौला गंभीर घाईते भएका थिए । उपचारका लागि बि.एण्ड.सी. अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
तमोर नदीमा बेपत्ता भएका युवकको शव १० दिनपछि फेला

तमोर नदीमा बेपत्ता भएका युवकको शव १० दिनपछि फेला

ताप्लेजुङ । दश दिन अघि तमोर नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका–२ का १७ बर्षीय मनोज काम्बाङको शव भेटिएको हो । उनी बेपत्ता भएपछि आफन्त र प्रहरीले खोजी जारी राखेका थिए । खोजतलासकै क्रममा शनिवार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका–२ स्थित ईवा र आठराई गाउँपालिका–३ ह्याकुको सिमानामा पर्ने हिउदिया दोभानमा उनको शव ...
बामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने नेकपाको निर्णय

बामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने नेकपाको निर्णय

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउँन पहल गर्ने निर्णय गरेको छ । शनिबार साँझ बालुवाटारमा सम्पन्न नेकपाको बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको हो । नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयसमेत बैठकमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...
धनकुटा नगरमा मजदुरलाई राहतका लागि मिलाइयो दैनिक रोजगारीको व्यवस्था

धनकुटा नगरमा मजदुरलाई राहतका लागि मिलाइयो दैनिक रोजगारीको व्यवस्था

धनकुटा । धनकुटा नगरपालिकाले मजदुरहरुलाई राहतका लागि दैनिक रोजगारीको व्यवस्था मिलाएको छ । लकडाउन प्रभावित मजदुरहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सामाजिक दुरी कायम गर्दै काममा परिचालन गरिएको हो । लकडाउनका कारण आर्थिक संकट बेहोर्दै आएका मजदुरहरुलाई रोजगारी उपलब्ध गराएर सहज वातावरण निर्माण गर्न विकास निर्माणको काममा परिचालन गरिएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘मजदुरहरु...
फुङलिङ बजारमा आगलागी हुँदा सात घर र पाँच घुम्ती जलेर नष्ट, ६ घण्टा पछि आगो नियन्त्रण

फुङलिङ बजारमा आगलागी हुँदा सात घर र पाँच घुम्ती जलेर नष्ट, ६ घण्टा पछि आगो नियन्त्रण

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराती आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । आगलागीमा परी फुङलिङ नगरपालिका–५ स्थित ट्याक्सी स्टेण्ड छेउका सात घर र पाँच वटा घुम्ती जलेर नष्ट भएका हुन् । गएराती साँढे १० बजे स्थानीय भट्टराई होटलबाट सुरु भएको आगोले आसपासका घरमा क्षति पुर्याएको हो । देवी भट्टराईको घरमा रहेको होटलबाट सुरु भएको आगोले भट्टराईको घरसहित छिमेकी नेत्र कार्की, खेम के.सी., खड...
ताप्लेजुङको फुङलिन बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट, आगो अनियन्त्रित

ताप्लेजुङको फुङलिन बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट, आगो अनियन्त्रित

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिन बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राती करिव साँढे १० बजेबाट आगलागी सुरु भएको हो । यो समाचार तयार पर्दा (राती १२ः३०बजे) सम्म सात वटा घर जलेर नष्ट भईसकेका छन् । आगो अझै नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दमकलको सहायतामा प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो धेरै फैलिएकाले नियन्त्रणमा समस्या भएक...
श्रमिक दिवसमा हिले र सिधुवाका मजदुरलाई स्वास्थ्य सामाग्री प्रदान

श्रमिक दिवसमा हिले र सिधुवाका मजदुरलाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार धनकुटाको हिले र सिधुवाका मजदुरलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री वितरण गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री प्रदान गरेको हो । धनकुटाको सिधुवा स्थित निगाले सिमेन्ट उद्योग र हिले स्थित गुरासे टि स्टेटमा कार्यरत मजदुरहरुलाई माक्स, हेण्डवास, पञ्जा र सेनिटाईजर प्रदान गरिएको हो । उद्योग बाणिज्य संघका...
थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

बिराटनगर । शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देही र वाँकेका एक/एक जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रुपन्देहीका २५ बर्षीय र नेपालगंज वाँकेका ६० बर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
बिराटनगरमा पूर्व कर्मचारीद्वारा राहत हस्तान्तरण

बिराटनगरमा पूर्व कर्मचारीद्वारा राहत हस्तान्तरण

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले कोरोना प्रभावितलाई सहयोगार्थ बिराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । एकद्वार प्रणालीमार्फत वितरणका लागि कर्मचारी समाजले महानगरलाई नगद, चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको हो । कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालसहितका पदाधिकारीले महानगर प्रमुख भीम पराजुलीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ...
उदयपुरको क्वारेनटाइन भित्रै युवक मृत फेला

उदयपुरको क्वारेनटाइन भित्रै युवक मृत फेला

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवक क्वारेन्टाइनभित्रै मृत भेटिएका छन् । जनता क्याम्पस राजाबास क्वारेन्टनाइनमा राखिएका १८ वर्षिय सुमन विक झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । प्रेम विवाह गरी काठमाडौं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि श्रीमतिसहित उनलाई क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा रहेका उनी सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेट...
इटहरीको ग्यारेजमा आगलागी, तीन वटा कार जलेर नष्ट

इटहरीको ग्यारेजमा आगलागी, तीन वटा कार जलेर नष्ट

सुनसरी । सुनसरी इटहरी–९ ओसेनपार्क स्थित प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । ग्यारेजमा गएराती आगलागी हुँदा ग्यारेज भित्र रहेका तीन वटा कार जलेर नष्ट भएका छन् । ग्यारेजमा बनाउन राखिएका बा.२ च.३८७८, को.२ च.८८०३ र को.२ झ.१४२९ नम्बरको कार आगलागीमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ग्यारेजमा आगो लाग्दा तीन वटै कारमा आगो सल्किएको हो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आ...
स्वास्थ्य मन्त्रीलाई तामाङको पत्र: औषधि नपाएर म मर्ने भए, अरुलाई बचाईदिनुस्

स्वास्थ्य मन्त्रीलाई तामाङको पत्र: औषधि नपाएर म मर्ने भए, अरुलाई बचाईदिनुस्

धनकुटा । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न देशभर गरिएको लकडाउनले अधिकांस क्षेत्र प्रभावित छन् । यसको असर अत्यावश्यक क्षेत्रमा पनि देखिन थालेको छ । लकडाउनकै कारण औषधि खान नपाउँदा मृत्युको मुखमा पुगेको भन्दै धनकुटाका हेमोफिलिया रोगपीडित बिरामी पुष्पलाल तामाङले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई खुल्ला पत्र लेखेका छन् । ‘दश दिनदेखि मेरो पिसाबाट रक्तश्राव भईरहेको छ । लकडाउनका कारण औषधि नपाउँदा म छ...
धनकुटाबाट कोरोना परीक्षण गर्न पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ

धनकुटाबाट कोरोना परीक्षण गर्न पठाइएका चारै जनाको रिपोर्ट नेगेटिभ

धनकुटा । कोरोना परीक्षणका लागि ‘स्वाब’ पठाइएका धनकुटाका चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा धनकुटाका चारै जनामा कोरोनाको संक्रमण नदेखिएको हो । भोजपुरका कोरोना संक्रमित युवाको सम्पर्कमा पुगेका सहिदभूमी घर भएका उनका दिदी भिनाजुसहित विदेशबाट आएका सहिदभूमीका एक र धनकुटा नगरपालिकाका एक युवाको ‘स्वाब’ परीक्षणका लागि धरान पठाइएको थियो । ...
रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु

रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं । रोल्पामा बिहीबार साँझ बम बिस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ गैरी गाउँको मैतीगातिनामा साँझ करिव ६ बजे बम विस्फोट भएको हो । बिस्फोटमा परी स्थानीय ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए । मृतक दुई बालबालिका एकै परिवारका हुन् ।...
प्रहरीकै नाममा सुसाइड नोट लेखेर महिलाले गरिन आत्महत्या, प्रहरीबिरुद्धनै दुरुत्साहन मुद्धा

प्रहरीकै नाममा सुसाइड नोट लेखेर महिलाले गरिन आत्महत्या, प्रहरीबिरुद्धनै दुरुत्साहन मुद्धा

बाग्लुङ । सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन् । प्रहरी...
बेलबारीमा मोटरसाईकल रुखमा ठोक्किदा एक जनाको मृत्यु

बेलबारीमा मोटरसाईकल रुखमा ठोक्किदा एक जनाको मृत्यु

मोरङ । मोरङको बेलवारी नगरपालिका–८ राधानगरमा गएराती रुखमा ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते छन् । बुधवार राती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को.२८ प.७४५४ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ...
बलिउड अभिनेता ऋषि कपूरको निधन

बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको बिहिबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएका कपुरको ६७ वर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा उनी मुम्बई फर्किएका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी...
बामदेबलाई प्रधानमन्त्री बनाउँन ओलीको प्रस्ताब

बामदेबलाई प्रधानमन्त्री बनाउँन ओलीको प्रस्ताब

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकिएपछि पदबाट राजिनामा दिने संकेत गरेका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका हुन् । यस्तै माधव...
काठमाडौंमा अलपत्र धनकुटेलीका लागि पूर्व मन्त्री थापाद्वारा खाद्य सामाग्री प्रदान

काठमाडौंमा अलपत्र धनकुटेलीका लागि पूर्व मन्त्री थापाद्वारा खाद्य सामाग्री प्रदान

काठमाडौं । पूर्व मन्त्री सुनिल बहादुर थापाले काठमाडौंमा अलपत्र परेका धनकुटेलीका लागि बुधबार राहत प्रदान गरेका छन् । लकडाउनका कारण काठमाडौंमा रोकिएर बिजोक अवस्थामा बस्दै आएका धनकुटेलीका लागि थापाले खाद्यान्न सामाग्री प्रदान गरेका हुन् । सूर्य बहादुर थापा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापाले काठमाडौंमा प्रतिष्ठानको तर्फबाट धनकुटा–काठमाडौं सम्पर्क समाजका अध्यक्ष प्रेम बस्नेतलाई सामाग्री हस्तान्तर...
बिराटनगरमा टायर पड्किदा एक जनाको घटनास्थलमै मृत्यु

बिराटनगरमा टायर पड्किदा एक जनाको घटनास्थलमै मृत्यु

बिराटनगर । बिराटनगर महानगरपालिका–१३ मा टायर पड्किदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल नजिक सडक छेउमा रहेको टायर मर्मत गर्ने पसलमा दिउँसो करिव २ बजे टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किदा भारतको समस्तिपुर घर भएका २५ बर्षीय मोहमद हैदरको मृत्यु भएको हो । गाडीको बिग्रिएको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएर टायर भित्रको फलामको ढिक्काले टाउकोमा लाग्दा उनको घटनास्थलमै ...
बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन

मुम्बई । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाक...
error: Content is protected !!