१५ करोड रुपैयाँमा बिक्यो यो परेवा
बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ ।
अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ ।
यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो । अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेक...































