संगालोखबर


सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-२ स्थित गहने खोलाको दहमा हात्तीको छावा मृत फेला परेको छ । दहको दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको हो ।

बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा छावा दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आज बिहान हात्तीको छावाको शव दहमा टाउको भाग गाडिएको अवस्थामा फेला थियो ।

Advertisement

वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको उपस्थितिमा प्रहरी र डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो । पछिल्लो केही वर्षयता चारकोसे जङ्गल हुँदै जङ्गली हात्तीहरू वराहक्षेत्र नगरपालिका-१ र २ क्षेत्रमा बथानसहित नियमित रूपमा आउने गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!