
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई सय १५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला चार हजार आठ ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।


संगालोखबर 
















