संगालोखबर
सांकेतिक तस्वीर

रूपन्देही । कपिलवस्तु नगरपालिका-३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका-६ सेमेरीका तीन वर्षीय बालक महफुज मुसलमानको मृत्यु भएको हो ।

Advertisement

गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ट्याम्पो चालक कपिलवस्तु नगरपालिका-३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन् ।

उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन्य ८ जना भने सामान्य उपचारपछि घर फर्किएका छन् । ठक्कर दिने सशस्त्रको गाडी र चालकलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारको गुनासो गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!