संगालोखबर सम्वाददाता
फाईल तस्वीर

मोरङ । मोरङको बेलवारी नगरपालिका–८ राधानगरमा गएराती रुखमा ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते छन् ।

बुधवार राती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को.२८ प.७४५४ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा गंभीर घाईते भएका कार्कीको बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा राती करिव १२ बजे मृत्यु भएको हो । मोटरसाईकलको पछाडी सवार स्थानीय २२ बर्षीय साने तामाङ पनि घाईते छन् । नोबेल अस्पतालमा उनको उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!