संगालोखबर सम्वाददाता
फाईल तस्वीर

सुनसरी । सुनसरी इटहरी–९ ओसेनपार्क स्थित प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । ग्यारेजमा गएराती आगलागी हुँदा ग्यारेज भित्र रहेका तीन वटा कार जलेर नष्ट भएका छन् ।

ग्यारेजमा बनाउन राखिएका बा.२ च.३८७८, को.२ च.८८०३ र को.२ झ.१४२९ नम्बरको कार आगलागीमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ग्यारेजमा आगो लाग्दा तीन वटै कारमा आगो सल्किएको हो ।

Advertisement

दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रण गरेका छन् । आगलागीको कारण खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!