गोमा ढुंगाना/संगालोखबर

धनकुटा । कोरोना परीक्षणका लागि ‘स्वाब’ पठाइएका धनकुटाका चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा धनकुटाका चारै जनामा कोरोनाको संक्रमण नदेखिएको हो ।

Advertisement

भोजपुरका कोरोना संक्रमित युवाको सम्पर्कमा पुगेका सहिदभूमी घर भएका उनका दिदी भिनाजुसहित विदेशबाट आएका सहिदभूमीका एक र धनकुटा नगरपालिकाका एक युवाको ‘स्वाब’ परीक्षणका लागि धरान पठाइएको थियो ।

पीसीआर परीक्षणका क्रममा उनीहरु चारै जनामा कोरोनाको संक्रमण नदेखिएको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सह–प्रवक्ता असोक ऐरले संगालोखबरलाई जानकारी दिए ।

हालसम्म धनकुटाका पाँच जनामा पीसीआर बिधिबाट कोरोना परीक्षण भएको छ । यसअघि पोर्चुगलबाट आएर बिरामी परी धनकुटा अस्पतालको आइसोलेशन भर्ना गरिएका एक युवामा पनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसैवीच धनकुटामा हालसम्म १ सय ७३ जनामा कोरोना परीक्षण गरिएको छ । यी पाँच बाहेक अरुमा आरडीटी बिधिबाट परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!