सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा जारी १८ औं संस्करणकाे सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम फाइनलामा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लब सिराहालाई ०-१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको ।

Advertisement

धनकुटाको तल्लो टुँडिखेलमा भएकाे खेलकाे ९ औं मिनेटमा अमित मिश्रले गरेकाे गाेल नै आयाेजककाे लागि निर्णायक बन्याे । पटकपटककाे मौका सिराहाले सदुपयाेग गर्न सकेन ।

खेलको प्लेयर अफ द म्याच आयोजक टिमका विवेक गुरुङ घोषित भए । उनले ६ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!