बिराटनगर । बिराटनगर महानगरपालिका–१३ मा टायर पड्किदा आज दिउँसो एक जनाको मृत्यु भएको छ ।
कोरोना बिशेष अस्पताल नजिक सडक छेउमा रहेको टायर मर्मत गर्ने पसलमा दिउँसो करिव २ बजे टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किदा भारतको समस्तिपुर घर भएका २५ बर्षीय मोहमद हैदरको मृत्यु भएको हो ।
गाडीको बिग्रिएको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएर टायर भित्रको फलामको ढिक्काले टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईले संगालोखबरलाई जानकारी दिए ।
उनी सडक छेउमा सटर भाडामा लिएर बिग्रिएको टायर मर्मत गर्ने व्यवसाय गर्दै आएका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।