काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकिएपछि पदबाट राजिनामा दिने संकेत गरेका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका हुन् ।
यस्तै माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने ओलीको प्रस्ताव छ ।