संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवक क्वारेन्टाइनभित्रै मृत भेटिएका छन् । जनता क्याम्पस राजाबास क्वारेन्टनाइनमा राखिएका १८ वर्षिय सुमन विक झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्रेम विवाह गरी काठमाडौं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि श्रीमतिसहित उनलाई क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा रहेका उनी सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ । सो क्वारेनटाइनमा कोरोना आशंका गरिएका ८ जनालाई राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!