मुख्यमन्त्री राईलाई मातृशोक
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारीको ८४ वर्षको उमेरमा सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको हो ।
श्वासप्रश्वास लगायत समस्याबाट ग्रसित आमा धनकुमारीको स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको मुख्यमन्त्रीका प्र...































