चार दिनपछि खुल्यो कलेजको ताला
धनकुटा । धनकुटाको पाख्रीवासस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजमा तीन विद्यार्थी सङ्गठनले लगाएको ताला चार दिनपछि बुधबार खोलिएको छ । क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनहरूबीच सात बुँदे सहमति भएपछि ताला खोलिएको हो ।
बिएससी एजी पाँचौं सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुको परीक्षा तालिका भदौं २ गते प्रकाशन भएको थियो । सो तालिका अनुसार परीक्षाका क्रममा एक विषयदेखि अर्को विषयको परीक्षाबीचमा एक दिनम...































