- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य रकम चेम्जोङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा गठबन्धनका तर्फबाट जसपाले टिकट पाउने दाबी गरेका छन् । प्रेस मञ्चले आइतबार धनकुटामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता चेम्जोङले गठबन्धनले आफुलाई उम्मेदवार बनाउँने दावी गरेका हुन् ।

Advertisement

जसपा प्रदेश १ का इन्चार्जसमेत रहेका नेता चेम्जोङले गएको स्थानीय चुनावमा गठबन्धन गरेर अगाडी बढेकाले राम्रै नतिजा आएको बताए । आगामी निर्वाचनमा पाँच दल एक्ला एक्लै भिड्दा जित्ने स्थिति नभएकाले गठबन्धन गरेर अगाडी बढ्नुपर्ने उनको भनाई छ । उनले हिजो सहयोगी मात्र भएको हुनाले अब आफूलाई सहयोग गर्न अन्य दललाई आग्रह गरे । गठबन्धन सबैको आवश्यकता रहेकाले चुनावमा टिकट नपाएपनि त्यसलाई स्विकार्न तयार हुनुपर्ने चेम्जोङको भनाई छ ।

सत्तारुढ गठबन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको ११ सदस्यीय कार्यदलका सदस्यसमेत रहेका नेता चेम्जोङले संघिय निर्वाचनका लागि भदौ १५ गतेभित्र सिट वाँडफाड सक्ने गरी छलफल भइरहेको जानकारीसमेत दिए ।

धनकुटामा गठबन्धन नहुने हल्ला छ, नेताहरु आ–आफ्नै तरिकाले भोट मागेर हिड्दै हुनुहुन्छ, भन्ने प्रश्नमा नेता चेम्जोङले भोट माग्दै हिडेपनि अन्त्यमा गठबन्धन गरेर अगाडि बढिने दावी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!