खुल्ला कविता प्रतियोगितामा बुढाथोकी भए प्रथम

खुल्ला कविता प्रतियोगितामा बुढाथोकी भए प्रथम

धनकुटा । धनकुटामा आयोजित खुल्ला कविता प्रतियोगितामा अजय बुढाथोकी प्रथम भएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटा नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जगमाया मादेन द्वितीय र शम्भुजित देउजा तृतीय भए भने गोपाल फुयालले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसह...
महिला दिवसमा धनकुटा नगरपालिकाले गर्यो प्रभात फेरी

महिला दिवसमा धनकुटा नगरपालिकाले गर्यो प्रभात फेरी

धनकुटा । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटामा प्रभातफेरी गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटा बजारमा प्रभात फेरी गरिएको हो । अन्तर पार्टी महिला सञ्जाल, हुसाडेक नेपाल, हाम्रो बहुमुखी पाठशाला, महिला पुनस्थापना सेवा केन्द्र, पारालिगल समिति र वेस्ट नेपालसँग सहकार्य गरेर नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो । मदनचोकमा भेला भएर सुरु भएको प्रभातफेरी नगरपालिकाको कार्यालयमा...
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार अपरान्ह सम्पन्न निर्वाचनको मतगणना अनुसार ३३ हजार ८ सय २ मतभारसहित पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका पौडेलले सङ्घतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार पाएका छन् । उनलाई २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत दिएका हुन् । नेपाली कांग्रेसस...
विराटनगरमा भेटियो वेवारिसे शव

विराटनगरमा भेटियो वेवारिसे शव

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीमा वेवारिसे शव फेला परेको छ । रानी हुलास चौकस्थित नालीमा आज विहान करिब ९ बजे पुरुषको शव फेला परेको हो । नालीमा मान्छे लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब ५०/५५ वर्ष उमेर जस्तो देखिने पुरुषको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । ‘मृतक को हुन् र के कारणले मृत्यु भयो भन्ने पत्ता लागेको छैन,’ डीएस...
आज राष्ट्रपति निर्वाचन

आज राष्ट्रपति निर्वाचन

काठमाडौं । राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ । मुलुकको तेस्रो राष्ट्रपति छान्न सङ्घीय संसद् अन्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकप...
अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

विराटनगर । पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवालाई सरकारले अत्यावश्यक सेवामा राखेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्नसमेत निषेध छ । तर, विराटनगर महानगर क्षेत्रका पेट्रोल पम्प सञ्चालकहरूले होलीको दिन मंगलबार अर्थपूर्ण कारण बिनानै सबै पेट्रोल पम्प एकैपटक बन्द गरेर अत्यावश्यक सेवामा हेलचेक्र्याइँ गरेका छन् । जसका कारण गाडीमा तेल हाल्न नपाउँदा सर्वसाधारणले सास्ती मात्...
स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीद्वारा उम्मेदवारी घोषणा

स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीद्वारा उम्मेदवारी घोषणा

विराटनगर । आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाइने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्य...
विराटनगरका सबै पेट्रोल पम्प बन्द, एम्बुलेन्सले पनि तेल हाल्न पाएनन्

विराटनगरका सबै पेट्रोल पम्प बन्द, एम्बुलेन्सले पनि तेल हाल्न पाएनन्

विराटनगर । विराटनगर महानगर क्षेत्रका सबै पेट्रोल पम्पहरू मंगलबार बिहानदेखि बन्द हुँदा सवारी साधनमा तेल हाल्न नपाएर सर्वसाधारण समस्यामा परेका छन् । होलीमा मादक पदार्थ सेवन गर्नेहरुबाट असुरक्षाको कारण देखाउँदै कुनैपनि पेट्रोल पम्प नखुल्दा एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारी साधनहरूले पनि तेल हाल्न पाएका छैनन् । जसका कारण कतिपय सवारी साधनहरू तेल सकिएर बिच बाटोमै अलपत्र परेका छन् । तेल भर्नुपर्ने अ...
कोशी प्रदेशमा समयमै काम नगर्ने ठेकेदारलाई म्याद नथपिने

कोशी प्रदेशमा समयमै काम नगर्ने ठेकेदारलाई म्याद नथपिने

विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई ठेक्काको समयावधि नथप्ने भएको छ । पटकपटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन मन्त्रालयले निर्देशन दिएको छ । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन...
धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक

धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक

धनकुटा । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटासहित देशभरका पहाडी र हिमाली क्षेत्रमा सोमबार हर्षोल्लासपूर्वक होली पर्व मनाइएको छ । रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन र साथीहरूसँग एकापसमा रङ दलेर रमाइलो गर्दै होली पर्व मनाइएको हो । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाउँने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली ...
विराटनगरमा पनि होली मिलन कार्यक्रम

विराटनगरमा पनि होली मिलन कार्यक्रम

विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा विराटनगर महानगरपालिकाले आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर परिषद् सदस्यसहित विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखका साथै कर्मचारीहरूलाई अबिर लगाएर शुभकामना दिएका छन् ...
मोरङको कटहरीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको कटहरीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ तकिया रोडस्थित भित्री सडक खण्डमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९ नम्बरको टिपरले विपरित दिशाबाट आँउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाइकललाई बिहान करिब ११ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–६ का ३३ वर्षीय पप्पु सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य...
पहाडी क्षेत्रमा हर्षोल्लासपूर्वक होली मनाइदै

पहाडी क्षेत्रमा हर्षोल्लासपूर्वक होली मनाइदै

धनकुटा । पहाडी क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइदैछ । एकापसमा रङ्ग तथा अबिर दलेर होली मनाउने चलन छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाइन्छ । रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्दै होली मनाउँने परम्परा छ । बिहानैदेखि मानिसहरू रङ्ग दलेर होली मनाउँन थालेका छन् । हो...
बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

काठमाडौँ । आगामी बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने भएको छ । बैशाख अन्तिम साताबाट परीक्षा थाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । जेठ ५ ...
धनकुटाबाट फेरि ठूलो परिमाणमा गाँजा बरामद

धनकुटाबाट फेरि ठूलो परिमाणमा गाँजा बरामद

धनकुटा । धनकुटाबाट फेरि ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सहिदभूमिबाट ४ सय किलो गाँजा बरामद भएको तीन साता नबित्दै साँगुरीगढी गाउँपालिकाबाट १०६ किलो गाँजा बरामद भएको हो । साँगुरीगढी–८ स्थित सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअपमा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘राती करिब २ बजेतिर चेकजाँच गर्दा रोकिराखेको पिकअपमा गाँजा भेटिएको हो,’ एसपी कोइरालाले भ...
ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । दियालेबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । घटनामा परी चिसंखुगढी–३ का भक्तबहादुर थापा र मीन बहादुर श्रेष्ठको मृत्यु भएको हो । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्प...
विराटनगर महानगरले डोजर लगाएर भत्काउँदै सडक क्षेत्रका संरचना

विराटनगर महानगरले डोजर लगाएर भत्काउँदै सडक क्षेत्रका संरचना

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउँन थालेको छ । सडक क्षेत्रभित्र परेका संरचना हटाउन पटकपटक आग्रह गर्दा पनि नटेरेकाले डोजर लगाएर भत्काउँन थालिएको महानगरले जनाएको छ । सडक मापदण्डमा परेका संरचना हटाउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । संरचना नहटाउँदा महानगरका विभिन्न साँघु...
पोखराको फेवातालमा डुंगा पल्टिंदा एक जनाको मृत्यु, पाँच जनाको सकुशल उद्धार (भिडियोसहित)

पोखराको फेवातालमा डुंगा पल्टिंदा एक जनाको मृत्यु, पाँच जनाको सकुशल उद्धार (भिडियोसहित)

पोखरा । पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पानीमा डुबेर बेहोस भएकी पोखरा महानगरपालिका–१ बगरकी ७० वर्षीय वृद्धा याममाया गिरीको मृत्यु भएको हो । दिउँसो एक्कासि हावाहुरी चल्दा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको डुङ्गामा एकै परिवारका ६ जना सवार थिए । डुंगा पल्टिए लगत्तै सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई उद्धार गरेको हो । लाइफ ज्या...
महिला दिवसमा पालिका अध्यक्ष इङनाम र पत्रकार थापा सम्मानित

महिला दिवसमा पालिका अध्यक्ष इङनाम र पत्रकार थापा सम्मानित

विराटनगर । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुक्रबार विराटनगरमा दुई महिलालाई सम्मान गरिएको छ । राजनीति क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकारिताका माध्यमबाट समाजको विकासमा सहयोग गरेको भन्दै पत्रकार चिना थापालाई सम्मान गरिएको हो । पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ ...
कोशी प्रदेश नामकरणको खुशियालीमा ठाउँ-ठाउँमा दीप प्रज्वलन

कोशी प्रदेश नामकरणको खुशियालीमा ठाउँ-ठाउँमा दीप प्रज्वलन

विराटनगर । प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको खुशियालीमा बिहीबार साँझ प्रदेशका बिभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नामकरण गरेपछि प्रदेशवासीले खुशियाली मनाउँदै दीप प्रज्वलन गरेका हुन् । मोरङको उर्लाबारी–३ मङ्गलबारेमा युवाहरूले दीप प्रज्वलन गरेर कोशी प्रदेश नामकरण प्रति खुशियाली मनाएका छन् । उनीहरूले कोशी प्रदेशको नक्सा बनाएर सोही नक्सामा दीप...
भोजपुरमा चट्याङ लागेर बालकको मृत्यु

भोजपुरमा चट्याङ लागेर बालकको मृत्यु

भोजपुर । चट्याङ लागेर भोजपुरमा एक बालकको मृत्यु भएको छ । एक जना घाइते छन् । वर्षा र हावाहुरीसँगै परेको चट्याङले लागेर षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो । विहीवार अपरान्ह करिब ४ बजे हावाहुरी र बर्षासँगै चट्याङ परेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि संखुवासभाको लुम्लिङटारस्थित मनकामना हस्पिटल लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले उन...
विराटनगरमा नगर बस चलाउने तयारी, उपमेयरले गरिन् रुट परीक्षण

विराटनगरमा नगर बस चलाउने तयारी, उपमेयरले गरिन् रुट परीक्षण

विराटनगर । विराटनगरमा नगर बस सञ्चालन गरिने भएको छ । सर्वसाधारणलाई सहज आवागमनका लागि महानगरले सिटी बस सञ्चालन गर्ने भएको हो । नगर बस सञ्चालनका लागि महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा सिटी बस सञ्चालन गर्ने महानगरको तयारी छ । मिलन चोक, ढाट, केशलियालगायत विभिन्न रुटबाट प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालन गरिने महानगरले जनाएको छ । बस सेवा ...
जमिनमा गाडेको अवस्थामा भेटियो बालकको शव, हत्या आरोपमा छिमेकी दम्पती पक्राउ

जमिनमा गाडेको अवस्थामा भेटियो बालकको शव, हत्या आरोपमा छिमेकी दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ मा बालकको हत्या भएको छ । स्थानीय डिल्ली बहादुर माझीका १४ वर्षीय छोरा विशाल माझीको हत्या भएको हो । हत्या गरेर पोखरीको डिलमा गाडेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । फागुन ११ गतेदेखि बालक सम्पर्कविहीन थिए । चोक जान भनेर घरबाट हिँडेका उनी फर्किएर नआएपछि खोजी भइरहेको थियो । खोज्ने क्रममा गाउँकै पोखरीको डिलमा गाडेको अवस्थामा बुधबार उनको शव फेला ...
कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेशको नामकरण भएको खुशियालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं. १ को नाम कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको नामकरण पश्चात बुधबार राती आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गरेको हो । ‘प्रदेश सभाको २०७९/११/१७ मा बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश रा...
प्रदेश १ लाई गरियो ‘कोशी प्रदेश’ नामकरण, बिपक्षमा ४ मत मात्रै

प्रदेश १ लाई गरियो ‘कोशी प्रदेश’ नामकरण, बिपक्षमा ४ मत मात्रै

विराटनगर । प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरिएको छ । प्रदेश सभाको दुई तिहाई भन्दा बढी मतले प्रदेशको नामकरण टुंग्याएको हो । ९३ सांसद रहेको प्रदेश सभामा ‘कोशी प्रदेश’ को पक्षमा ८२ सांसदले मतदान गरेका छन् । विपक्षमा ४ मत मात्र खसेको छ । ६ सांसद भने मतदानमा अनुपस्थित थिए । योसँगै अब मुलुकका सात वटै प्रदेशको नामकरण प्रकृया टुंगिएको छ ।
नामकरणका लागि १ नम्बर प्रदेश सभा बैठक जारी, ‘कोशी प्रदेश’ नाम रहने निश्चित

नामकरणका लागि १ नम्बर प्रदेश सभा बैठक जारी, ‘कोशी प्रदेश’ नाम रहने निश्चित

विराटनगर । प्रदेशको नामकरणका लागि अहिले १ नम्बर प्रदेश सभाको बैठक जारी छ । आजै प्रदेशको नाम टुंग्याउने तयारी छ । ‘कोशी प्रदेश’ नाम रहने लगभग पक्कापक्की भएको छ । प्रदेश सभा सचिवालयमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशीसहित एमालेका सांसद निरन राई र विदुरकुमार लिङ्थेपको समर्थनमा एमालेका सांसद रामबहादुर मगरले ‘कोशी प्रदेश’ नाम प्रस्ताव गरेका छन् । यता, जसपाका सांसद निर्मला लिम्बू र नेकपा एकीकृत समाजव...
विराटनगरको सुरक्षा व्यवस्था कडा, चार ठाउँलाई निषेधित क्षेत्र तोकियो

विराटनगरको सुरक्षा व्यवस्था कडा, चार ठाउँलाई निषेधित क्षेत्र तोकियो

विराटनगर । प्रदेश सभामा १ नम्बर प्रदेशको नामकरणको प्रकृया अघि बढेपछि विराटनगरका चार स्थानलाई निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले प्रदेश सभा आसपास क्षेत्रसहित चार स्थानलाई निषेधित क्षेत्र तोकेको हो । देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपरको क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र तोक...
प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न एमाले र कांग्रेसको संयुक्त प्रस्ताव

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न एमाले र कांग्रेसको संयुक्त प्रस्ताव

विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त रुपमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् । एमाले सांसद रामबहादुर मगरले प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्तावमा कांग्रेसका तर्फबाट सांसद भुमिप्रसाद राजवंशीसहित एमालेका सांसद निरन राई र विदुरकुमार लिङ्थेप समर्थक बसेका छन् । उनीहरूले संसद सचिवालयमा गएर प्रस्ताव दर्ता गराएका हुन् । सबै जाति, धर्म र क...
मिसन ग्रासरुट अभियान: धनकुटा नगरमा एमालेको पालिका स्तरीय कार्यकर्ता भेला

मिसन ग्रासरुट अभियान: धनकुटा नगरमा एमालेको पालिका स्तरीय कार्यकर्ता भेला

धनकुटा । मिसन ग्रासरुट अभियान अन्तर्गत मंगलबार धनकुटा नगरपालिकामा नेकपा एमालेले पालिका स्तरीय कार्यकर्ता भेला गरेको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमाले धनकुटा नगर कमिटीले भेला आयोजना गरेको हो । ग्रासरुट अभियानका लागि धनकुटा नगर क्षेत्रमा परिचालित हुने एमाले नेता कार्यकर्ता भेलामा सहभागि थिए । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य जीवन घिमिरेले प्रशिक्षण दिएका छन् । नेता, का...
धनकुटामा माझी समुदायले २२ वर्षपछि यसरी मनाए लदी पर्व (फोटो फिचरसहित)

धनकुटामा माझी समुदायले २२ वर्षपछि यसरी मनाए लदी पर्व (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारका माझी समुदायले २२ वर्षपछि मंगलबार लदी पर्व मनाएका छन् । सीमान्तकृत माझी समुदायले तमोर नदी किनारमा पुजा गरेर धुमधामपूर्वक लदी पर्व मनाएका हुन् । कोशी पुजा र लदी पुजा पनि भनिने यो पर्व माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । कुशेटारमा नेपाल माझी उत्थान संघले यो पुजा आयोजना गरेको हो । तमोरको किनारमा बोकाको बली दिएर उनीहरूले डुंगा, माछा मार्ने जाल, फ...
विराटनगरमा जथाभावी लत्रिएका नेट र केवलका तारको व्यवस्थापन तीब्र

विराटनगरमा जथाभावी लत्रिएका नेट र केवलका तारको व्यवस्थापन तीब्र

विराटनगर । विराटनगरमा केवल र नेटको जथाभावी लत्रिएको तारलाई व्यवस्थापन गर्ने काममा तिव्रता दिइएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरू आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन थालिएको थियो...
error: Content is protected !!