सिलिगुडीलाई पराजित गर्दै काठमाडौं सेमिफाइनलमा

सिलिगुडीलाई पराजित गर्दै काठमाडौं सेमिफाइनलमा

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भारतलाई ६–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २१ औं मिनेटमा प्लानिङ ब्वाइजका वेवोस साचुसेले गोल गर्दै टिमको खाता खोले । ३० औं मिनेटमा ...
छथर जोरपाटी गाउँपालिकाद्वारा आगलागी पीडितलाई सहयोग

छथर जोरपाटी गाउँपालिकाद्वारा आगलागी पीडितलाई सहयोग

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थित पाथिभराका आगलागीपीडित दुई परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीपीडित नेत्रबहादुर विश्वकर्मा र कृष्ण विश्वकर्माको परिवारलाई नगद र सामग्री प्रदान गरिएको हो । गत बुधबार सामुदायिक वनबाट आएको डढेलो बस्तीमा पस्दा नेत्रबहादुर र कृष्णको घर गोठ जलेर  नष्ट भएको थियो । दुवै परिवारलाई १५/१५ हजार नगद, लत्ताकपडा, खाद्यान्न, भाँडा लगायत सामग्री प्...
मोरङको राठी उद्योगमा भीषण आगलागी, आगो निभाउन १२ दमकल परिचालन

मोरङको राठी उद्योगमा भीषण आगलागी, आगो निभाउन १२ दमकल परिचालन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी भएको छ । गएराती करिब २ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण भएको छैन । मोरङ र सुनसरीका १२ वटा दमकल परिचालन गरेर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले संगालोखबरलाई जानकारी दिए । विराटनगर, उर्लाबारी, रामधुनी, रंगेली, पथरी, बेलवारी, सुन्दरहरैँचा, इटहरी, आयल निगम, विराटनग...
सिरहाको सहलेशले जित्यो रारा गोल्डकपको उपाधि

सिरहाको सहलेशले जित्यो रारा गोल्डकपको उपाधि

धनकुटा । सिरहाको सहलेश युवा क्लबले धनकुटाको राजारानीमा सञ्चालित रारा गोल्डकपको उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा डाँडाबजार फुटबल क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै सिरहाले उपाधिमाथि कब्जा जमाएको हो । सलहेशलाई उपाधि चुमाउन फागुराम थारूले २ र समिर तामाङले एक गोल गरे । डाँडाबजारका खेलाडीले आत्मघाती गोल गर्दा सिरहालाई थप मद्दत मिल्यो । डाँडाबजारका लागि निरज थापा मगरले पेनाल्टीमार्फत एक गोल...
भीमनारायण गोल्डकपलाई धनकुटाको शान बनाऔँ: मेयर तामाङ

भीमनारायण गोल्डकपलाई धनकुटाको शान बनाऔँ: मेयर तामाङ

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहिद भीमनारायण गोल्डकपलाई धनकुटाको शान र गौरवका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको टुँडिखेलमा आयोजित भीमनारायण गोल्डकप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर तामाङले जिल्लाको शान र गौरव गर्न लायक प्रतियोगिताको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । भीमनारायण गोल्डकप धनकुटाको मुख्य प्रतियोगिताको रुपमा रहेको भन्दै ...
तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहिबार दिउँसो आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ । आगो निभाउने क्रममा सात जना घाइते भएका छन् । बनमा लागेको आगो बस्तीमा पस्दा जलेर स्थानीय ५० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भुपेन्द्रको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी राजन चापागाँईले जानकारी दिए । ‘आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ, घाइतेलाई उपचारका लागि पठाएका छौं,...
एकैरात २१ वटा टिभी चोरी, चोरीमा संलग्न दुई जना पक्राउ

एकैरात २१ वटा टिभी चोरी, चोरीमा संलग्न दुई जना पक्राउ

विराटनगर । टेलिभिजन चोरी गर्ने दुई जनालाई मोरङको बुढिगंगाबाट प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र १९ वर्षीय सन्दिप कुमार ऋषिदेवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । बुढीगंगा–४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट गत चैत २८ गते २१ थान टेलिभिजन सेट चोरी भएको थियो । राती गोदामको झ्यालको रड काटेर हाइसेन्स कम्पनीका ३९ इन्चका टेलिभिजन सेटहरु...
सुनसरीलाई हराउँदै झापा पुग्यो सेमिफाइनलमा

सुनसरीलाई हराउँदै झापा पुग्यो सेमिफाइनलमा

धनकुटा । झापा फुटबल क्लब सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुई/दुई गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । झापालाई जित दिलाउन रोजिन माझी, टेकेन राना मगर, संयोग मग...
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल बुधबार साँझ करिब ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी रतुवामाई–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको हो । छोरा २९ वर्षीय दिनेशकुमार साहले मोटरसाइकल चलाएका थिए, आमा मानकीदेवी मोटरसाइकलको पछाडि बसेकी थिइन् । अ...
विराटनगरद्वारा विजयी सुरुवात

विराटनगरद्वारा विजयी सुरुवात

धनकुटा । पेमा युवा क्लब विराटनगरले सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । धनकुटाको टुँडिखेलमा बुधबार भएको उद्घाटन खेलमा आयोजक धनकुटालाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुई/दुई गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत खेल टुंग्याइएको थियो । ट्राइबेकरमा विराटनगरका प्रवीन राई, योनिक, रिम र प्रशान्त राईले ...
कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । मैजुवहालस्थित निवासबाट नेता खाँणलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । खाँणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँणलाई पक्राउ गरिएको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँन पैसा ...
आजबाट भीमनारायण गोल्डकप, मेयर तामाङले उद्घाटन गर्ने

आजबाट भीमनारायण गोल्डकप, मेयर तामाङले उद्घाटन गर्ने

धनकुटा । धनकुटामा आजबाट सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । टुँडिखेलमा दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गरिदैछ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लब विराटनग...
भ्रष्टाचारको विरोध गर्न नदिए अरु पनि नाङ्गिने दिन आउँछ: सांसद शर्मा

भ्रष्टाचारको विरोध गर्न नदिए अरु पनि नाङ्गिने दिन आउँछ: सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भ्रष्टाचारी र घुसखोरी विरुद्ध बोल्न नदिए अमरेश कुमार सिंह जस्तै अरु सांसद पनि नाङ्गिनु पर्ने अवस्था आउँने संकेत गरेका छन् । प्रतिनिधि सभा बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले भ्रष्टाचार र घुसखोरी विरुद्ध बोल्न खोज्नेलाई अवरोध गर्न नहुने तर्क गरेका हुन् । भ्रष्टाचारीलाई जोगाउने खेल भइरहेको भन्दै उनले भ...
विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिए

विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिए

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्माएकी छन् । सप्तरीको कल्याणपुरकी दुखनीदेवी भगत चौधरीले छातीदेखि पेटसम्मको शरीरको भाग सँगै गाँसिएका जुम्ल्याहा छोरी जन्माएकी हुन् । उनीहरूको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने बेग्ला बेग्लै छ । ३.४ किलोग्राम तौल भएका दुबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.रविनराज सिंहल...
पाथीभरा जाँदा बेपत्ता भएका वृद्धको शव जङ्गलमा भेटियो

पाथीभरा जाँदा बेपत्ता भएका वृद्धको शव जङ्गलमा भेटियो

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर जाने क्रममा बेपत्ता भएका झापाका लोकप्रसाद पराजुली मृत फेला परेका छन् । अर्जुनधारा नगरपालिका–५ घर भएका ६० वर्षीय पराजुलीको शव आज बिहान जङ्गलमा फेला परेको हो । उनी गत शुक्रबार परिवारका सदस्यसहित मन्दिर जाने क्रममा बाटो बाटै बेपत्ता भएका थिए । उनलाई माथिल्लो फेदीदेखि मान्छेलाई पिठ्यूमा बोक्न लगाएर लागिएको थियो । शौचालय जान भनेर जङ्गल पसेका पराजुली नफर्किएपछि...
काम गर्न बोलाएर बालिकामाथि बलात्कार

काम गर्न बोलाएर बालिकामाथि बलात्कार

उदयपुर । बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका–१ आमवासीका अतिमान बिक पक्राउ परेका छन् । पीडित पक्षले उजुरी दिएपछि प्रहरीले विकलाई सोमबार पक्राउ गरेको हो । घटना गत फागुन १८ गतेको हो । विकले श्रीमती बिरामी भएकाले खाना पकाउन सघाउन बोलाएर १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप छ । ती बालिकाले दुई महिनापछि गत आइतबार परिवारका सदस्यलाई घटना सुनाएपछि पीडित पक्षले इलाका प्रहरी कार्...
हिलेको बक्रकुण्डमा सेनाले बनाइदियो प्रवेशद्वार

हिलेको बक्रकुण्डमा सेनाले बनाइदियो प्रवेशद्वार

धनकुटा । नेपाली सेनाले धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको प्रवेशद्वार निर्माण गरेको छ । इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा हिलेको पहलमा सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत प्रवेशद्वार बनाइएको हो । भक्तपुरबाट कालिगढ ल्याएर १० लाख खर्च गरी पुरातात्विक शैलीमा निर्माण गरिएको प्रवेशद्वार सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । पूर्वी पृतना हेडक्वाटरका पृ...
विराटनगरका मासु पसलमा कडाइ

विराटनगरका मासु पसलमा कडाइ

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुला रुपमा माछामासु बिक्री गर्न रोक लगाएको महानगरले यसलाई कडाइका साथ कार्यान्वयन गर्न अनुगमनलाई तिव्रता दिएको हो । सटरमा सञ्चालित माछामासु पसलको अनुगमनमा पनि तीव्रता दिइएको छ । महानगरको पशुपक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको...
ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति

ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ । उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो । दुर्घटनाजन्य चोटपटक लागेका र शल्यक्रिया गरिएका जटिल बिरामीलाई ट्रमा र सर्जिकल आइसीयूमा राखेर उपचार गर्ने गरिन्छ । ट्रमा र सर्जिकल आइसीयूलाई विस्तार र थप व्यवस्थित गरेर १५...
संसद् बैठकमै लुगा खोलेर नाङ्गिए सांसद सिंह

संसद् बैठकमै लुगा खोलेर नाङ्गिए सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभाको बैठकमा लुगा खोलेर नाङ्गिएका छन्  । सोमबार प्रतिनिधिसभाको बैठक चलिरहँदा सांसद सिंहले लुगा खोलेका हुन् । उनले बैठकमा आकस्मिक समय मागेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गन्जी खोलेर नाङ्गिदै विरोध जनाएका हुन् । सिंहले लुगा खोलेपछि अन्य सांसदहरुले पनि विरोध जनाए । सभामुख देवराज घिमिरेले असभ्य व्यवहार नदेखाउँन चेतावनी ...
सांसद शर्माको खुलासा: अभियुक्तको बयान फेर्न खोजिदैछ

सांसद शर्माको खुलासा: अभियुक्तको बयान फेर्न खोजिदैछ

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरूको बयान फेर्ने प्रयास भइरहेको खुलासा गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट निर्वाचित भएका हुन् । आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थी...
५१ तोला सुन र ४९२ तोला चाँदीसहित तीन जना पक्राउ

५१ तोला सुन र ४९२ तोला चाँदीसहित तीन जना पक्राउ

विराटनगर । विराटनगरबाट ठूलो परिमाणमा सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । ५१ तोला सुन, ४९२ तोला चाँदी र ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित तीन जनालाई विराटनगर–१५ बाट प्रहरीले पक्राउ गरेको हो । को.२ च १४९५ नम्बरको इको भेनमा अवैध सुनचाँदी र नगद बोकेर विराटनगरबाट भातरतर्फ जादै गर्दा भारत बिहार कटिहारका ६१ वर्षीय बिनोद कुमार मुरारका, उनकी श्रीमती ५६ वर्षीया पुष्पा र भेन चालक बिराटनगर–२ का ...
पाथीभरा दर्शन गर्न जाने क्रममा पराजुली बेपत्ता

पाथीभरा दर्शन गर्न जाने क्रममा पराजुली बेपत्ता

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् । भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका करिव ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी न...
डीभीको नतिजा आज सार्वजनिक हुँदै

डीभीको नतिजा आज सार्वजनिक हुँदै

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को नतिजा आज सार्वजनिक हुदैछ । नेपाली समय अनुसार राती ९ः४५ बजे डीभीको नतिजा सार्वजनिक हुनेछ । डीभी भर्दा प्राप्त भएको कन्फर्मेशन कोड नम्बरका आधारमा रिजल्ट थाहा पाउन सकिन्छ । अमेरिकी विदेश मन्त्रालयको वेबसाइट मा गएर डीभीको रिजल्ट हेर्न सकिनेछ । वेबसाइटमा आफ्नो कन्फर्मेशन नम्बर राखेर डीभी परे/नपरेको थाहा पाउन सकिने अमेरिकन डिभी शाखाले जनाए...
घर बनाउने क्रममा ढिस्को झरेर पुर्दा चार जनाको मृत्यु

घर बनाउने क्रममा ढिस्को झरेर पुर्दा चार जनाको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा घर निर्माण गर्ने क्रममा आज साँझ माटोको ढिस्को झरेर पुर्दा चार जना मजदुरको मृत्यु भएको छ । स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा साँझ करिब ५ बजे माथिबाट माटोको ढिस्को झरेर पुर्दा भारतीय मजदुरहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको किसनगन्जका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम छन् । भर्खरै खनिएको घडेरीमा आजैबाट घर निर्माणको काम थाल...
रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागि नहुने भएको छ । पार्टी कार्यालय बसुन्धरामा शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि नहुने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । योसँगै अब रास्वपा प्रतिपक्षमा बस्ने भएको छ । बैठकपछि रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेको जानकारी दिए । र...
विराटनगरमा कराँते प्रतियोगिता सुरु

विराटनगरमा कराँते प्रतियोगिता सुरु

विराटनगर । विराटनगरमा शुक्रबारदेखि कराँते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभर्ड हलमा खुला कराँते प्रतियोगिता सुरु भएको हो । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै वाग्लेले खेलकुद क्षेत्रको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धामा १९ तौल समूहमा खेलहरू भइरहेका...
अपडेटः हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

अपडेटः हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको हो । उनी हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी पाइलट सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । शरीरका विभिन्न भा...
धनकुटामा पिकअप पल्टिँदा तीन जना घाइते

धनकुटामा पिकअप पल्टिँदा तीन जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा शुक्रबार दिउँसो पिकअप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सिधुवाबाट तरकारी बोकेर काठमाडौं जादै गरेको बा.०१०२६ प ८७२७ नम्बरको पिकअप दिउँसो करिब २ बजे गोठगाउँस्थित औद्योगिक ग्राम नजिक पल्टिएको हो । दुर्घटनामा परी छथर जोरपाटी–६ का ४० वर्षीय गोविन्द घिमिरे, पिकअप चालक सिरहाको नहरा गाउँपालिका १ का ३५ वर्षीय अरविन्द कुमार महतो र सप्तरीको कञ्चनरूप नगरपाल...
हेलिकप्टर दुर्घटना अपडेटः पाइलटसहित दुई जनाको अवस्था गम्भीर

हेलिकप्टर दुर्घटना अपडेटः पाइलटसहित दुई जनाको अवस्था गम्भीर

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पाइलटसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ्ग गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । हेलिकप्टरमा सवार थप दुई जना सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागि सिम्रिक एयरको अर्को हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय संख...
इटहरीमा पाँच सय र हजारका नक्कली नोट भेटिए

इटहरीमा पाँच सय र हजारका नक्कली नोट भेटिए

इटहरी । सुनसरीको इटहरीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । इटहरी उप–महानगरपालिका–१ आपगाछीमा लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित गढी गाउँपालिका–२ का ३८ को जमिल खातुनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार साँझ करिब सात बजे खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँको नोट दिएका थिए । नोट असामान्य देखिएपछि नक्कली हुनसक्ने शंका लागेर पसलका मानिसले मेलामा खटिएका प्रहरीलाई जानकारी गराएका थिए ।...
error: Content is protected !!