धनकुटामा आज मन्त्रिपरिषद् बैठक बस्ने

धनकुटामा आज मन्त्रिपरिषद् बैठक बस्ने

धनकुटा । धनकुटामा आज कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रदेश राजधानी विराटनगर बाहिर पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । देव्रेवासस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा दिउँसो बैठक बस्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण शाहले जानकारी दिए । बैठकका लागि मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू आउँदैछन् । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्...
विराट गोल्डकपको उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने

विराट गोल्डकपको उद्घाटन खेलमा भुटान र नेपाल पुलिस क्लब भिड्ने

विराटनगर । चैत १५ गतेबाट सुरु हुने विराट गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् । विराटनगरको सहिद मैदानमा हुने रात्रिकालीन खेलमा आरटिसी एफसीले नेपाल पुलिस क्लबको सामना गर्ने तय भएको गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । बेलुका पौने ६ बजेबाट सुरु हुने गोल्डकपको उद्घाटन मुख्यमन्त्री केदार कार्कीले गर्नेछन् । प...
राजारानी बजारको छड्के अनुगमन

राजारानी बजारको छड्के अनुगमन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमन टोलीले बजारका एक दर्जन भन्दा बढी किराना पसल र आधा दर्जन होटलको अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रम...
विराटनगरका सौन्दर्यकर्मीद्वारा किसान र विद्यार्थीलाई सहयोग

विराटनगरका सौन्दर्यकर्मीद्वारा किसान र विद्यार्थीलाई सहयोग

विराटनगर । विराटनगरका सौन्दर्यकर्मीहरुले किसानलाई मल, बिउ र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगर कमिटी विराटनगरको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार विराटनगर–५ स्थित विशाल चोक नजिक रहेको बस्तीमा पुगेर सहयोग गरिएको हो । एक दर्जन भन्दा बढी किसान र विद्यार्थीहरुलाई सहयोग प्रदान गरेर वार्षिकोत्सव मनाइएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगरका अध्...
बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ का बमबहादुर लिम्बुले श्रीमती गीताको हत्या गरेर आत्महत्या गरेका छन् । ६० वर्षीय बमबहादुरले गएराती करिब १ बजे दाउले हानेर श्रीमती ४५ वर्षीया गीताको हत्या गरेका हुन् । दाउ प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको मृत्यु भएपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘श्रीमानले श्रीमतील...
रारा गोल्डकप जेठमा हुने

रारा गोल्डकप जेठमा हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी जेठमा रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले जेठ १० देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रचार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको रारा फुटबल क्लबका निवर्तमान सचिव युवराज कटुवालले जानकारी दिए । प्रतियोगिताको यो ११ औं संस्करण हो ।...
बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-६ स्थित जिरोप्वाइन्ट आज बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु भएको छ । चैनपुर-नुनढाकी भित्री सडकमा बसबाट खस्दा सोही बसका सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको हो । नुनढाकीबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट खड्का खसेका थिए । सोही बसको पछाडिको चक्काले किच्दा खड्का गम्भीर घाइते भए । उपचारका लागि लैजान...
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी सम्बन्धी विषयमा कपिलवस्तुबाट महरालाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
आगोले जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

आगोले जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-७ पिप्लेमा शनिवार आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । ग्वालीमा आगलागी हुँदा जलेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको हो । आगलागीमा परी स्थानीय रमेश कार्कीकी छोरी ७ वर्षीया दीपशिखा, ३ वर्षीय छोरा देउनिस र रमेशका दाइ केदार कार्कीका छोरा ५ वर्षीय प्रनिश कार्कीको मृत्यु भएको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईले जानकारी ...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

विराटनगर । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको हो । घटेको मूल्य शुक्रबार राती १२ बजेबाट लागू हुने निगमले जनाएको छ । अब, पूर्वी नेपालमा पेट्रोल प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५५.५० रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, मलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र व...
विराटनगरमा नर्सको हत्या

विराटनगरमा नर्सको हत्या

विराटनगर । विराटनगरमा स्टाफ नर्सको हत्या भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत सिराहाको फुल्काहकट्टीकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको हो । उनी, विराटनगर–४ बुढाथोकी मार्गमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको शौचालयमा आज दिउँसो करिब १२ बजे उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘घाँटीसहित अन्य स्थानमा हतियार प्रहार भएको ...
रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान सकुशल

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु, श्रीमान सकुशल

धनकुटा । धनकुटा नगरपालिका-४ सल्लेरीमा आज अपरान्ह रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सडकको भित्तामाथि रहेको सिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा-१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो । उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । अपरान्ह करिब ४ बजे धनकुटाबाट हिले जाने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कास...
बोलेरो पल्टिँदा ६ जनाको मृत्यु, ७ घाइते

बोलेरो पल्टिँदा ६ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरको मैनामैनीमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज ३२९३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ । गाडीमा १४ जना सवार थिए ।
धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटाका युवाको मलेसियामा मृत्यु

धनकुटा । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धनकुटा नगरपालिका-७ स्थित टोड्केका रविन विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । मलेसियाको सालाङगस्थित एसटिनो कलर कम्पनीमा काम गर्दै आएका ३४ वर्षीय विश्वकर्माको आइतबार मृत्यु भएको हो । राती करिब ९ बजे मोटरसाइकलमा साथीलाई कोठा पुर्‍याउन जाँदै गर्दा ट्याङ्करको ठक्करबाट रविनको मृत्यु भएको मलेसियामै रहेका उनका आफन्त प्रेम विश्वकर्माले जानकारी दिए ।...
विराटनगरमा रोजगार मेला गरिने

विराटनगरमा रोजगार मेला गरिने

विराटनगर । विराटनगरमा रोजगार मेला गरिने भएको छ । विराटनगर महानगरपालिकाले चैत २ र ३ गते वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा ‘महानगर रोजगार मेला’ गर्न लागेको हो । विराटनगर महानगरले मंगलबार पत्रकार सम्मेलन गरेर रोजगार मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको हो । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने मेयर नागेश कोइरालाले बताए । स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनश...
धनकुटामा भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाइते

धनकुटामा भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित फेदीमा मंगलबार साँझ मारुती भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ च ३२८० नम्बरको भ्यान र विपरित दिसाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको भेड...
संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभा । संखुवासभामा विवाह नै नगरी प्रेमीसँग बस्दै आएकी युवतीको हत्या भएको छ । खाँदबारी नगरपालिका-११ का ३१ वर्षीय मंशिरे शेर्पासँग ‘लिभिङ टुगेदर’ बस्दै आएकी सिलिचोङ गाउँपालिका-२ की २६ वर्षीया बिनाकुमारी राईको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनकै प्रेमी मंशिरे शेर्पालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-७ मा ‘लिभिङ टुगेदर’ बस्दै आएका उनीहरूबीच घरायसी विषयमा विवाद हुँदा प्रेमी मंशिरेले...
सहिदभूमिका छ जना महिला उद्यमी सम्मानित

सहिदभूमिका छ जना महिला उद्यमी सम्मानित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले छ जना महिला उद्यमीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरूलाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्मान गरिएको हो । वर्कसप सञ्चालन गर्दै आएकी रामकुमारी राई, नाङ्लो बनाउने व्यवसाय गर्दै आएकी योजना राई, किराना पसल सञ्चालक अञ्जना राई, होटल व्यवसायी लिलाकुमारी राई र सिलाइकटाइ व्यवसाय गर्दै आएकी जीव...
धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान

धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान

धनकुटा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रबार धनकुटा नगर क्षेत्रका छ जना महिलालाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाले सामुदायिक भवनमा कार्यक्रम आयोजना गरेर महिलाहरूलाई सम्मान गरेको हो । शहीद भीमनारायण श्रेष्ठकी पत्नी लक्ष्मीदेवी, पहिलो निर्माण व्यवसायी महिला फुलमाया वि.क., टेम्पो चालक तृष्णा राई र नाङ्लो बनाउने काम गर्दै आएकी उद्यमी स्मृति राईलाई सम्मान गरिएको छ । डकर्मी काम...
धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटाबाट पहिलो पटक गैरआवासीय नेपालीलाई दिइयो नागरिकता

धनकुटा । धनकुटाबाट पहिलो पटक बिहीबार गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गैरआवासीय नेपाली पार्वती कार्कीलाई नागरिकता प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्कीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे । नागरिकता प्रदान गर्नुअघि उनलाई नेपालको संविधान र कानुनको पालना गर्ने भनी लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर र सपथ ग्...
खानेपानी मन्त्री राजेन्द्र राईद्वारा पदभार ग्रहण

खानेपानी मन्त्री राजेन्द्र राईद्वारा पदभार ग्रहण

काठमाडौं । खानेपानी मन्त्री राजेन्द्र राईले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बुधबार साँझ मन्त्रालय पुगेर मन्त्री राईले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राईसहित १६ जनालाई मन्त्री नियुक्त गरेका हुन् । धनकुटाको मुगामा जन्मिएका राई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । एमाले केन्द्रिय सदस्यसमेत रहेका राई धनकुटाबाट प्र...
त्रिशुलीमा बस खस्दा छ जनाको मृत्यु

त्रिशुलीमा बस खस्दा छ जनाको मृत्यु

धादिङ । धादिङ गजुरीको गलौदीमा आज बिहान यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं जादै गरेको लु २ ख २१२१ नम्बरको बस त्रिशूली नदीमा खसेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा परेका ३३ जनालाई घटनास्थलबाट जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ...
धनकुटामा फागुन २९ गतेदेखि दादुरा रुबेलाको खोप लगाइने

धनकुटामा फागुन २९ गतेदेखि दादुरा रुबेलाको खोप लगाइने

धनकुटा । धनकुटामा फागुन २९ देखि चैत्र २ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेर चार दिनसम्म खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाइने छ । जिल्लामा ८ हजार ८ सय ६७ बालबालिकाहरूलाई दादुरा रुबेला खोप लगाउँने स्वास्थ्य कार्यालयको लक्ष्य छ । महालक्ष्मीमा १ हजार २ ...
मोरङमा सशस्त्र प्रहरीका डीएसपी मृत फेला

मोरङमा सशस्त्र प्रहरीका डीएसपी मृत फेला

विराटनगर । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन् । मोरङको धनपालथान गाउँपालिका ३ सोराभागस्थित गुल्मका प्रमुखसमेत रहेका डीएसपी बस्याल आज दिउँसो करिब ३ः३० बजे क्वाटरमै मृत भेटिएका हुन् । कार्यालय परिसरमै रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्याल मृत फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘दिउँसो कोठामै झुण्डिएको अवस्थामा शव फेला प...
टुट्यो सत्ता गठबन्धन, एमाले सरकारमा जाने

टुट्यो सत्ता गठबन्धन, एमाले सरकारमा जाने

काठमाडौं । कांग्रेस-माओवादी केन्द्रसहितको सत्ता गठबन्धन टुटेको छ । नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरुबीच सत्ता सहकार्य गर्ने सहमति जुटेपछि वर्तमान सत्ता गठबन्धन टुटेको हो । सहमति जुटेकाले आजै सरकार परिवर्तन हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जनाएका छन् । उनका अनुसार सानो मन्त्रीमण्डलले आजै सपथ लिनेछ । एमाले र माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र रा...
दुई जना चढ्न मिल्ने मालबाहक पिकअपमा २२ जना सवार, टायर पड्किएर दुर्घटना

दुई जना चढ्न मिल्ने मालबाहक पिकअपमा २२ जना सवार, टायर पड्किएर दुर्घटना

धनकुटा । मालबाहक सवारी साधन पिकअपमा नियमतः यात्रु चढाउन मिल्दैन । सामान ओसारपसार गर्ने प्रयोजनको साधन भएकाले चालकसहित अगाडिको सिटमा दुई जनामात्र बस्न पाइन्छ । तर, धनकुटाको पाख्रीवास-१० स्थित चुङमाङमा आइतबार दिउँसो २२ जना यात्रु सवार मालबाहक पिकअप दुर्घटना भएपछि यात्रुको ज्यानमाथि भइरहेको खुलेआम खेलवाड उदाङ्गिएको छ । हिले बजारबाट हुटमा समेत खचाखच यात्रु बोकेर चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बर...
मोरङका पूर्वसांसद राई सम्मानित

मोरङका पूर्वसांसद राई सम्मानित

विराटनगर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई सम्मानित भएका छन् । मोरङको विराटचोकमा नझरेका फूलहरू पलेँटी साँझद्वारा लुकेको प्रतिभाको रुपमा पूर्व सांसद राईलाई सम्मान गरिएको हो । ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरू पलेँटी साँझका परिकल्पना, व्यवस्थापन ...
चुङमाङ दुर्घटना अपडेटः छोरीको मृत्यु, आमाको उपचार हुँदै

चुङमाङ दुर्घटना अपडेटः छोरीको मृत्यु, आमाको उपचार हुँदै

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१० स्थित चुङमाङमा आइतबार दिउँसो भएको पिकअप दुर्घटनामा परी मृत्यु भएकी बालिकाको पहिचान खुलेको छ । मृतक बालिका पाख्रीवास नगरपालिका-१० शिवालयकी ९ वर्षीया संस्कृति राई रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । हिलेबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप दिउँसो करिब ३ बजे भारती माध्यमिक विद्यालय नजिक दुर्घटना हुँदा संस्कृतिसहित १६ जना घाइते भएका थिए । जिल...
चुङमाङ दुर्घटना अपडेटः एक जनाको मृत्यु, १५ को उपचार हुँदै

चुङमाङ दुर्घटना अपडेटः एक जनाको मृत्यु, १५ को उपचार हुँदै

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१० स्थित चुङमाङमा आइतबार दिउँसो भएको पिकअप दुर्घटनामा परी घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा करिब १०/११ वर्षीया बालिकाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनको शव जिल्ला अस्पतालमै राखिएको छ । हिलेबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको...
धनकुटाको चुङमाङमा पिकअप दुर्घटना हुँदा १६ जना घाइते

धनकुटाको चुङमाङमा पिकअप दुर्घटना हुँदा १६ जना घाइते

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१० स्थित चुङमाङमा पिकअप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । हिलेबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप आइतबार दिउँसो करिब ३ बजे भारती माध्यमिक विद्यालय नजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका आठ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । बाँकी आठ जना घाइतेलाई जिल्ला अस्पताल ल्याइदै गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जन...
पाख्रीबासको सितलादेवीमा ‘फुड फेस्ट’

पाख्रीबासको सितलादेवीमा ‘फुड फेस्ट’

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित सितलादेवी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले शुक्रबार ‘फुड फेस्ट’ गरेका छन् । ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले स्कुलमा एक दिने फुड फेस्ट अर्थात खाना उत्सव आयोजना गरेका हुन् । खाना उत्सवमा विभिन्न जातीय खानाका परिकारको प्रदर्शनी गरियो । सात वटा स्टलमा ढिँडो, गुन्द्रुक, गुराँसको जुस, अर्गानिक खानेकुराका परिकार लगायतको प्रदर्शनी गरिएको थियो । ...
error: Content is protected !!